Comments Add Comment

अन्तिम टेस्टमा कुकले बनाए शानदार शतक

२५ भदौ, काठमाडौं । ईंग्ल्यान्डका प्रारम्भिक ब्याट्सम्यान एलिस्टर कुकले आफ्नो करिअरको अन्तिम टेस्ट इनिङमा शानदार शतक प्रहार गरेका छन् ।

भारतविरुद्ध पाँचौं तथा अन्तिम टेस्टको दोस्रो इनिङमा कुकले १४७ रनको पारी खेलेका हुन् ।

भारतविरुद्धको टेस्ट श्रृंखलापछि सन्न्यास लिने उनले घोषणा गरिसकेका छन् । टेस्ट श्रृंखला ४-१ ले ईंग्ल्यान्डले आफ्नो पोल्टामा पारिसकेको छ ।

कुक र जोए रुटको शतकसँगै पाँचौं टेस्टमा पनि ईंग्ल्यान्ड बलियो अवस्थामा पुगेको छ । इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ४२३ रन बनाएपछि पारी समाप्तीको घोषणा गरेको छ र जितका लागि भारतले ४६४ रनको लक्ष्य पाएको छ ।

पहिलो इनिङमा ईंग्ल्यान्डले ३ सय ३२ र भारतले २ सय ९२ रन बनाएको थियो ।

भारतविरुद्धको जारी श्रृंखलामा कुक दयनीय र्फमबाट गुजि्ररहेका थिए । चार वटा टेस्टमा उनले एउटा पनि अर्धशतक हान्न सकेका थिएनन् । चौंथो टेस्टपछि उनले सन्न्यासको घोषणा गरेका थिए । आफ्नो करिअरको अन्तिम टेस्टमा भने उनी र्फममा फर्किए । उनले पहिलो इनिङमा ७१ रन बनाएका थिए ।

कुकले डेब्यू टेष्टमा पनि शतक बनाएका थिए । उनी डेब्यू र अन्तिम टेष्टमा शतक प्रहार गर्ने पाँचौं ब्याट्सम्यान बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment