Comments Add Comment

नारायणगढ-मुग्लिनसडकखण्ड दुईतर्फी सञ्चालनमा

२७, भदौ, चितवन । बन्द भएको १८ घण्टापछि एकतर्फी सञ्चालनमा आएको नारायणगढ मुग्लिनसडक खण्ड त्यसको १८ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ ।

सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार चारकिलो भन्ने स्थानमा पहिरो पूर्ण रुपमा हटाएर सडकलाई दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।

सोमबार राति साढे एक बजे झरेको पहिरोको कारणले सडक अवरुद्ध भएको थियो । हिन्दू नारीहरुको ठूलो चाड तीजको अघिल्लो दिन सडकखण्ड अवरुद्ध भएकोले अन्य जिल्लाबाट दर खान माइत हिडेका महिलाहरु सडकमा रातभर अलपत्र परे ।

पहिरो खसेलगत्तै नारायणगढ-मुग्लिन सडक आयोजनाले पहिरो हटाउने प्रयास गरे पनि अविरल बर्षा भएको कारणले समयमा नै सम्भव भएको थिएन । अहिले पनि सडकमा सवारी साधनको अधिक चाप छ ।

आयोजनाले सडक अनुशासन अनुसार लेनमा बसेर सडकमा यात्रा गर्न चालकहरुलाई अनुरोध गरेको छ । आयोजनाका सूचना अधिकारी खनालले भने, ‘सबैलाई जान परेको छ भनेर चालकहरु सोचेर लेन अनुसार बस्दा थप जाममा परिदैन भन्ने बुझुपर्दछ’ नियम उल्लघंन गर्नेलाई तत्काल कारर्वाही गर्न प्रहरी पनि परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment