Comments Add Comment

तीजको बिदामा ‘रामकहानी’को देशैभर सुखद व्यापार

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘रामकहानी’ दर्शकसँगै बसेर हेर्न र प्रतिक्रिया वुझ्नका लागि नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार शोभित बस्नेत चितवन पुगेका छन् । तीजको अवसर पारेर दर्शकसँगै बसेर चलचित्र हेर्न चितवन पुगेको नायिका पूजा शर्माले जानकारी दिइन् ।

चितवनको जलमा, इन्द्रदेव, गणेश लगायतका हलमा दर्शकको भीड देखिएको छ । नायिका शर्माले दर्शकसँग तस्बिर खिचिन् र चलचित्र मन पराइदिएको भन्दै धन्यवाद समेत दिइन् । चितवनका जलमा, इन्द्रदेव, गणेशको साथमा टाडीको पर्सामा समेत हाउसफूलका साथ चलचित्र चलेको पत्रकार रवि अधिकारीले जानकारी दिएका छन् । काठमाण्डौका मल्टिप्लेक्समा पनि चलचित्रले तीजको बिदाको फाइदा उठाएको छ । अधिकांश हलमा दर्शकको उपस्थिती बाक्लो छ । तीजको दिनको व्यापार चलचित्रले बम्पर रहेको वितरक सुनिल मानन्धरले जानकारी दिए ।

सुदर्शन थापा निर्देशित यो चलचित्रले समिक्षक र दर्शकको माया पाएको छ । तीजको दिन भएर पनि होला, हलमा महिला दर्शकको उपस्थिती बाक्लो देखिएको छ । हलमा पूजा, आकाश र शोभितलाई पुच्पगुच्छाले स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment