Comments Add Comment

टोटनह्यामको गोलकिपर केही साता मैदान बाहिर रहने

२९ भदौ, काठमाडौं । टोटनह्यामका गोलकिपर ह्युगो लोरिस केही साता मैदान बाहिर हुने भएका छन् ।

थाई इन्जुरीका कारण उनले टाटनह्याम र फ्रान्स दुबैको केही खेल गुमाउने भएका हुन् । उनले प्रिमियर लिगमा वोटफोर्डविरुद्ध २ सेप्टेम्बरमा हुने खेल गुमाउनेछन् ।

सीमा भन्दा बढी मदिरा सेवन गरेर ड्राइभि गरेका कारण बिहीबार मात्र उनीमाथि ५० हजार पाउण्ड जरिवाना र २० महिना गाडी चलाउन रोक लगाइएको थियो ।

तर, उनी टिमको कप्तान रहिरहने टोटनह्यामका प्रशिक्षक माउरिसियो पोटेचिन्होले बताए । ‘उनले आफ्नो गल्ती स्वीकार गरेका छन् र माफी मागेका छन्’ पोटेचिन्होले भन्छन्, ‘सबैले गल्ती गर्छन् । उनले पनि गल्ती गरे र त्यसबाट पीडित छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment