Comments Add Comment

‘कस्तो छ’ भन्दै गोविन्दाले भने-‘मलाई नेपालबाट धेरै प्रेम मिलेको छ’

यसअगाडि २-३ वटा चलचित्रको छायांकनका लागि नेपाल आएका बलिउडका चर्चित नायक गोविन्दा भोली काठमाण्डौमा आयोजना हुन लागेको ‘एलजी सिने सर्कल अवार्ड’मा सहभागी हुनका लागि नेपाल आएका छन् । बिहान पौने ११ बजे नेपाल आएका गोविन्दाले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै नेपालबाट आफूलाई धेरै नै प्रेम मिलेको बताए ।

छोरी टिनाको साथमा नेपाल आएका गोविन्दले भने-‘मलाई जतिपनि नेपालबाट माया मिलेको छ, त्यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु । यसपटक म एक अवार्ड समारोहका लागि आएको छु ।’ गोविन्दाले कला र कलाकारलाई जनताले दिने प्रेम विशेष हुने उनको भनाई थियो ।

गोविन्दाले नेपालमा रहँदा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरी दर्शनका लागि जाने बताएका छन् । गोविन्दाले आफूले जीवनमा पाएको सफलताको सम्पूर्ण श्रेय आफ्नी आमालाई दिने बताए । गोविन्दालाई पत्रकारले नेपाली बोल्न आग्रह गर्दा उनले भने-‘अली अली आउँछ । कस्तो छ ?’

गोविन्दाले सबैलाई आफूले प्रेम गर्ने र नेपाललाई प्रेम गर्ने भन्दै केही गल्ती भए क्षमा दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment