Comments Add Comment

चाडपर्वमा हुने कालोबजारी रोक्न बजार अनुगमनको तयारीमा विभाग

३ असोज, काठमाडौं । सरकारले चाडपर्वमा हुने ठगी तथा कालोबजारी रोक्नका लागि अनुगमन गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी दैनिक उपभोग्य वस्तु तथा सेवा र व्यवसायीक र्फममा कडाइका साथ अनुगमन गरिने खाद्य तथा प्रविधि गुण नियन्त्रण विभागले जनाएको छ ।

चाडपर्वका बेलामा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र महंगी रोक्न कडाइका साथ अनुगमन गर्न लागिएको विभाग स्रोतले बतायो ।  विभाग र विभाग माताहतका निकायहरुले केहिदिनभित्रै अनुगमन तीव्र विभागको तयारी छ ।

अनुगमनलाई प्रभावकारी बनाउन माताहतका कार्यालयहरुमा कर्मचारीहरु खटाइसकेको विभागका प्रवक्ता पुर्णचन्द्र वस्तीले जानकारी दिए ।

चाडपर्वमा हुने कालोबजारी, कृत्रिम अभाव तथा महंगी हुन नदिने गरी विभागले अनुगमनको तयारी गरेको प्रवक्ता वस्तीले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment