Comments Add Comment

एक तस्वीरः जसले धेरैलाई रुवायो

काठमाडौं । दिल्लीमा एक पटक फेरि नाली सफा गर्ने क्रममा एक जनाको ज्यान गएको छ ।

३७ वर्षका अनिल पश्चिमी डाबरी इलाकामा रानी र तीन सन्तानका साथ भाडाको कोठामा बस्थे । १४ सेप्टम्बरको साझ छिमेकका एक व्यक्तिले अनिललाई नाला सफा गर्न बोलाए ।

जब अनिल ढलको नालीभित्र पसे, उनको कम्बरमा बाँधिएको डोरी चुँड्यो र २० फिट गहिरो नालीमा खसे । उनलाई निकालेर तत्काल अस्पताल लगिएपनि बचाउन सकिएन ।

९ तारिखमा पनि ५ जनाको मृत्यु भएको थियो । यसरी मृत्यु भएका घटना सरकार र निजी कम्पनी जवाफदेही हुँदैन । यो पटक भने अनिलको परिवारलाई सहयोग गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरु जुटेका छन् ।

अनिलको परिवारको अवस्था यति कमजोर छ कि उनीहरुसँग अनिलको दाहासंस्कार समेत पैसा छैन । तर, क्राउडफण्डिङबाट अहिलेसम्म झण्डै ५० लाख उठेको छ ।

त्यसक्रममा प्रयोग गरिएको एक तस्वीरले धेरैलाई रुवाएको छ, भावुक बनाएको छ । तस्वीरमा अनिलको शव सेतो कपडाले बेरिएको छ भने छेउमा उनका छोरा एउटा हात बाबुको शवमा अर्को आफ्नो शीरमा राखेर रोइरहेका छन् ।

शव नजिक पुगेपछि बालकले अनुहार छोपिएको कपडा हटाएर ‘पापा’ भनेका थिए ।

रानीले अहिले उठेको रकम पाए बच्चाहरुलाई राम्रो शिक्षा दिने बताएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment