Comments Add Comment

ध्वाँसे चितुवाको छालासहित तीनजना पक्राउ

५ असोज, काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ध्वाँसे चितुवाको छातासहित तीन जनालाई पक्राउ गरेको छ ।

अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री तथा ओसारपसार हुँदै गरेको सूचनाका आधारमा सीआईबीको टोलीले उनीहरुलाई एक थान चितुवाको छालासहित काठमाडौंको बौद्ध सिद्धार्थमार्गबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका-१ बस्ने वर्ष ५५ को शेलबहादुर तामाङ, धादिङको राराङ्ग गाउँपालिका-१ का ३४ वर्षे बुद्धिमान तामाङ र कास्कीको पाखेरा महानगरपालिका-२४ का ४५ वर्षे सालिकराम सुवेदी रहेका छन् ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि शुक्रबार डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको सीआईबीले जाकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment