Comments Add Comment

एप्पललको नयाँ आइफोन मर्मत गर्नै नसकिने !

आफ्नो नयाँ आइफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आरमा अहिलेसम्मकै सबैभन्दा मजबूत काँचको कभर प्रयोग गरिएको दाबी एप्पलले गरिरहेको छ ।

विश्वभरका समीक्षकहरुले पनि यो कुरा पुष्टि गरिसकेका छन् कि नयाँ आइफोनका फ्रन्ट तथा ब्याक दुबै साइडमा आइफोन एक्समा भन्दा धेरै नै बलियो काँचको प्रयोग गरिएको छ ।

जति नै धेरै बलियो र मजबुत भएतापनि नयाँ आइफोनलाई सुरक्षित राख्नका लागि बलियो खोल हाल्नु आवश्यक छ । किनकी यदि नयाँ आइफोनको डिस्प्ले फुट्यो वा आइफोनका पाटपुर्जा बिग्रिए भने तपाइँले ठूलो मूल्य चुकाउनुपर्नेछ ।

हालै सार्वजनिक एक रिपोर्ट अनुसार नयाँ आइफोनको स्क्रिन मर्मत गर्नु यति महंगो छ कि यो थाहा पाउँदा ग्राहकहरु आइफोन खरीद गर्नै हच्किन सक्दछन् ।

आइफोन एक्सएस म्याक्सको मेन्टेनेन्स तथा रिपेयर शुल्क निकै महंगो पर्नेछ । यसको स्क्रिन फुट्यो र बदल्नुपर्ने भयो भने झण्डै ३२९ डलर खर्च लाग्दछ । अर्थात् नयाँ आइफोनको स्क्रिन फेर्न पुग्ने पैसाले नयाँ आइफोन सिक्स नै किन्न सकिनेछ ।

यदि डिस्प्लेका अलावा नयाँ आइफोनमा अरु पनि ड्यामेज छ र मर्मत गर्नुपर्नेछ भने ५९९ डलर सम्म खर्च लाग्न सक्दछ । ५ सय ९९ डलरमा आइफोन एट खरीद गर्न सकिन्छ । जबकी आइफोन सेभेनको मूल्य यसभन्दा पनि डेढ सय डलर कम छ ।

आइफोन एक्स एसको स्क्रिन बदल्नका लागि भने २७९ सय डलर तथा अरु ड्यामेज समेत हुँदा मर्मतका लागि झण्डै ५४९ डलरसम्म खर्च लाग्नसक्ने रिपोर्टमा उल्लेख छ ।

फोर्ब्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment