+
+

‘जेष्ठ नागरिकका अनुभव राष्ट्रिय पूँजी’

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते ८:४८

१२ असोज, काठमाडौं । जेष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पूँजीका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २८ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजना गरेको छलफल कार्यक्रममा जेष्ठ नागरिकसम्बन्धी अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिले उनीहरुको सीप, क्षमता र अनुभवलाई प्रयोग गरेर सरकारले सामाजिक विकामा उपयोग गर्नुपर्ने सुझाव दिएका छन् ।

मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले संविधानको मौलिक हकमा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएकाले त्यसको कार्यान्वयनका लागि सहज हुने गरी ऐन, कानुन निर्माण भइरहेको बताए ।

राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले जेष्ठ नागरिक राष्ट्रका संस्कृतिक धरोहर र अमूल्य निधि भएकाले विगतमा देश विकासमा उनीहरुको योगदानलाई सम्मान गर्नुपर्ने बताए ।

विस्मृति समाज नेपालका प्रवक्ता दिपक अर्यालले जेष्ठ नागरिकलाई राज्यबाट प्रदान गरिनुपर्ने सामाजिक सुरक्षा र अन्य सुविधा न्यून रहेको तथा युवा पुस्ताबाट पाउनुपर्ने सम्मानमा कमी भएकामा चिन्ता व्यक्त गरे ।

मुलुकमा करिब २५ लाख जेष्ठ नागरिक छन् । यही असोज १५ गते अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै छ । दिवसका दिन विभिन्न पत्रपत्रिका, रेडियो टिभीलगायत सञ्चार माध्यममा जेष्ठ नागरिकका अनुभव र अधिकारसम्बन्धी अन्तरक्रिया, र्‍याली, सरकार प्रमुखबाट मूल समारोह समितिलाई सम्बोधनलगायत कार्यक्रम तय गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?