+
+

यो हो दुनियाँकै महंगो स्याण्डिल, मूल्य २ अर्ब रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते ११:३४

महिलाले लगाउने स्याण्डिलको अधिकतम मूल्य कति पर्ला ? अनुमान लगाउनुस् त । अनुमान आ–आफ्ना होलान् तर यदि दुनियाँको सबैभन्दा महंगो स्याण्डिलको मूल्य थाहा पाउनुभयो भने तपाइँले जिब्रो टोक्नुहुनेछ ।

जिब्रो नटोकियोस् पनि किन ? आखिर खुट्टामा लगाउने एकजोर स्याण्डिलको मूल्य हजार, लाख, करोड रुपैयाँमा नभई अर्ब रुपैयाँ पर्दछ ।

हो युएइको दुबई सहरमा झण्डै २ अर्ब रुपैयाँ पर्ने दुनियाकै महंगो स्याण्डिल बनेको छ । यो स्याण्डिलको मूल्य १ करोड ७० लाख डलर छ । बहुमूल्य हिरा र सक्कली सुनबाट बनेको यो एकजोर स्याण्डिल बुधबार सार्वजनिक गरिएको छ ।

यतिधेरै महंगो भएपछि यो चिज बनाउन पनि कम्ता मेहेनत लागेन होला । हो, यो स्याण्डिलको डिजाइन गर्ने तथा बनाउने कामका लागि पूरै ९ महिना लागेको थियो ।

दी प्यासन डायमण्ड शू नाम दिइएको यो स्याण्डिलमा सयौँ हिराका टुक्रासँगै हरेकमा दुईवटा पन्ध्र क्यारेटका बहुमूल्य डी फ्ल लेस हिराको टुक्रा प्रयोग गरिएको छ ।

प्यासन ज्वेलर्ससँगको सहकार्यमा दुबईस्थित जाडा दुबई कम्पनीले यी जुत्ता बनाएको हो । यद्यपि यसको डिजाइन तथा निर्माण भने इटालीमा भएको हो । विश्वको एकमात्र सेभेन स्टार होटल बुर्ज अल अरबमा बुधबार यी जुत्ता सार्वजनिक गरिएको छ ।

सुरुमा बनाइएका स्याण्डिल ३६ साइजका छन् । तर भविष्यमा ग्राहकको अर्डर अनुसारको साइजमा पनि कम्पनीले यी स्याण्डिल उत्पादन गर्ने बताइएको छ । तर यति महंगा स्याण्डिलका ग्राहक चाहीँ को होला ? यो स्याण्डिलको फिक्स्ड प्राइस १ करोड ७० लाख डलर रहेको र कुनैपनि छुट उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

स्मरण रहोस् विश्वमा यसअघि डेब्बी विंघम हाई हिल्स सबैभन्दा महंगो जुत्ताको रुपमा रहेको थियो । जसको मूल्य १ करोड ५१ लख डलर थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?