+
+
Shares

जराका कारण छ महिना अड्कियो रानी–जमरा सिँचाइ आयोजनाको काम

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १३ गते १५:५७

१३ असोज, काठमाडौं । बाराको निजगढमा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थलका लागि रुख कटानमा  अहिले चर्को बहस भइरहेको छ । तर, राष्ट्रिय गौरवको एउटा आयोजनाले भने जरासम्बन्धी अल्झन खेप्नुपरेको छ ।

रानी–जमरा–कुलरिया सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना हो । तर, कैलाली वन डिभिजन कार्यालयले नहर क्षेत्रमा पर्ने रुखका जरा हटाउने अनुमति नलिँदा ६ महिनाभन्दा बढी समय आयोजनाको काम रोकिएको पाइएको छ ।

आयोजना निर्देशक मधुकर रानाले भने, ‘कर्णाली नदीको पानीबाट ३८ हजार हेक्टरमा सिँचाइ पुर्याउने उद्देश्यका साथ निर्माण भइरहेको आयोजना अघि बढाउने सन्दर्भमा रुखको मात्र होइन, जरा हटाउनेसम्बन्धी अनुमतिको अल्झन खेप्नु पर्यो ।’

आयोजनाको हालसम्म भौतिक प्रगति ३६ र वित्तीय प्रगति ३४ प्रतिशत छ । डिभिजन वन कार्यालयले आयोजनको नहर क्षेत्रमा पर्ने रुख हटाउने अनुमति दिए पनि काटेका रुखको ठूटा र जरा हटाउन अनुमति नदिइएको उनले बताए । दुःख दिने नियतले जराको विवाद झिकेर झुलाउने काम गरेको आयोजना प्रमुख रानाले गुनासो छ ।

डिभिजन कार्यालयका प्रमुख फेरिएपछि भने समस्या टरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?