+
+
Shares

जलेश्वरमा पखालाको प्रकोप: पानीमा देखियो दिसामा पाइने ब्याक्टेरिया

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १४ गते ९:३५

१४ असोज, गौशाला  । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी फैलिएको पखालाको प्रकोपको कारण उनीहरुले पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्म रहेको पत्ता लागेको सार्वजनिक गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य टोलीले नैन्ही गाउँबाट पानीको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा पठाएकामा त्यहाँबाट आएको ल्याब रिपोर्ट सार्वजनिक गर्दै नैन्ही गाउँका स्थानीयवासीले पिउने खानेपानी (चापाकल) नजीकै जम्ने पानीमा दिसा रहेको र त्यही दिसा चापाकलमा मिसिएको जनाइएको छ ।

स्थानीयवासी करीब ३०० परिवारले पिउने पानीको एउटै स्रोत चापाकलमा दिसा मिसिएको भेटिएपछि स्वास्थ्यकर्मीले त्यहाँका बासिन्दाले त्यस चापाकलबाट पानी खान बन्द गराएको छ भने उनीहरुले पानीको अन्य स्रोत खोजेर पानी खान सल्लाह दिइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए ।

नैन्ही गाउँमा भदौ २९ गते एकैसाथ ४१ जनामा पखालाको प्रकोप शुरु भएर ३०० व्यक्तिमा फैलिएको थियो भने एक बालिका र एक वृद्धा गरी २ जनाको मृत्युसमेत भएको थियो । अहिले त्यहाँको पखाला नियन्त्रणमा आएको छ भने त्यहाँ अझै पनि स्वास्थ्य शिविर सञ्चालनमा राखेर प्रभावितहरुको उपचार भइरहेको जिल्ला स्वाथ्य कार्यालयका प्रमुख राजीव झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?