Comments Add Comment

हेमकर परिवार हत्याकाण्डका मुख्य अभियुक्त १३ वर्षपछि समातिए

१४ असोज, काठमाडौं । नेपालगञ्जमा सुनचाँदी व्यवसायी दिपक हेमकरसहित उनको परिवारका ५ जनाको घाँटी रेटी हत्या भएको घटनाको मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको प्रहरी टोलीले मुख्य अभियुक्त किशोरीलाल सोनीलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरी टोलीले नेपाल–भारत सीमा नाका जमुनाहबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले अनलाइनखबरलाई बताए ।

पक्राउ परेका सोनी दिपककै ससुरा हुन् । आर्थिक लेनदेन सम्बन्धी विवादमा उनले ५ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । यद्यपि, उनलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान थालिएको एसपी पौडेलले बताए ।

यसअघि २३ फागुन २०६२ मा नेपालगञ्जमा व्यवसायी ३२ वर्षीय दीपकसहित ८२ वर्षीया गुलावदेवी हेमकार, ६२ वर्षीय जगदेव हेमकार, ४५ वर्षीया सीतादेवी हेमकार र कामदार राम शनिच्चर चौधरीको हत्या भएको थियो ।

उनीहरूको हत्यापछि २९ लाख रुपैयाँ बराबरको सुनचाँदीका गहना पनि लुटिएको थियो । हेमकरले नेपालगञ्ज–११, सदरलाइन रोडस्थित आफ्नै घरमा दीप ज्वेलर्स सञ्चालन गर्दै आएका थिए ।

घटनालगत्तै, प्रहरी प्रधान कार्यालयले विशेष अनुसन्धान टोली नेपालगञ्ज पठाएको थियो । तर, अभियुक्त पक्राउ पर्न सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment