Comments Add Comment

सरकारको ‘गियर’ बदल्ने प्रचण्डको घोषणा

२० असोज, काठमाडौं । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारका काम कारवाही प्रभावकारी बनाउन र गति दिन अब ‘गियर’ बदल्ने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताउँदै अब गियर बदल्दै गाडीको गति दिएजसरी सरकारको काममा गति दिने बताए ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र र बाहिर विभिन्न पक्षसँग बृहत अन्तरक्रिया गरेर सरकारको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताए ।

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई उल्टयाउने प्रयास गरिएको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी दिए । आइतबार बस्ने सचिवालय बैठकले पार्टी एकता टुंग्याउने सम्बन्धमा आवश्यक निर्णय लिने प्रचण्डको भनाइ छ ।

पार्टी एकतालाई सुदृढ हुन नदिन षडयन्त्र भइरहेको भन्दै सचेत रहन पनि प्रचण्डले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment