+
+
Shares

दुबै आँखा गुमाएका खिलबहादुर फेसबुकको सहयोगले घर फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २१ गते १३:५७

२१ असोज, सिन्धुपाल्चोक । निलो जस्ताले छाएको एक तले घर । मात्रै दुई कोठा । ढुङ्गा माटोको गारो । काठले बारिएको पिँढी । त्यही पिँढीमा बसेर कुसारी गर्दै थिए एक दम्पत्ति ।

सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-८ इर्खुका ३० वर्षीय खिलबहादुर राना मगरको दम्पत्तिले लगनगाँठो कसेको धेरै सयम भएको छैन ।

भूकम्प पश्चात नयाँ घर र श्रीमती पाएका खिलबहादुर अहिले निकै खुशी छन् । तर, पाँच वर्षअघि आँखाको ज्योती गुमाइसकेका उनले संसार देख्न सक्दैनन्, मात्र महसुश गर्न सक्छन् ।

बाल्यकाल प्रायको सुखसयलमै बित्ने गर्छ । बाल्यकालकै अनुभवलाई सम्झेर वर्तमानमा रमाउनेहरु पनि धेरै हुन्छन् । तर, राना भने आˆनो कहालिलाग्दो वाल्यकाल सम्झन चाहदैनन् ।

९ वर्षको कलिलै उमेरमा आमा-बुवालाई गुमाएर उनी टुहुरो बन्न पुगे । भएकी एउटी बहिनीले पनि छाडेपछि रोजीरोटीका लागि गाउँ छाड्न बाध्य भए ।

कामको सिलसिलामा उनी धेरै ठाउँमा भौतारिए । पेट पाल्नका लागि उनले जुठो भाडा माझ्नेदेखि गाइवस्तु हेर्ने र अरुको घरको सरसफाइ गर्नेसम्मको काम गरे ।
मजदुरी गरेर जसोतसो जीवन निर्वाह गरिरहेका रानालाई २०६९ सालमा ठूलो बज्रपात पर्‍यो । उनले दुवै आँखाको ज्योती गुमाए । त्यती बेला उनी गुल्मीमा थिए ।

आँखाको ज्योती गुमाएपछि उनलाई बे्रललिपी अध्यनका लागि स्थानीयले विद्यालयमा लगिदिए ।

उनले आˆनो पढाइको यात्रालाई अघि बढाइरहे । बाल्यकालमै घर छाडेका रानालाई घरको त्यती हेक्का पनि थिएन । तर, सामाजिक सञ्जालकै माध्यमबाट उनी आˆनो गाउँ र्फकन सफल भएका छन् ।

‘हामीलाई गुल्मीमा ब्रेललिपी पढाउने शिक्षक हेमनाथ पौडेल र हाम्रै इर्खू गाउँका अमृत दंगाल फेसवुकमा जोडिनुभएछ, अनि फेसबुकमा कुराकानी हुँदै गर्दा मेरो कुरा भएछ अनि समन्वय गरेर मलाई गाउँमा ल्याइदिनुभयो,’ रानाले सुनाए ।

जनप्रतिनिधिबाट आर्थिक सहयोग

धेरै वर्षपछि आफ्नै गाउँ फर्किन पाउँदा राना निकै खुशी थिए । तर, गाउँ र्फकदा उनले पुरानो घर भूकम्पले तहसनहश बनाएको थाहा पाए ।

घर भत्किएसँगै ओत लाग्नका लागि ठुली आमाको घरमा शरण परेका उनले गाउँले र आफन्तबाट सहयोग पाए । वडा कार्यालयले उनको नागरिकता बनाइदियो । त्यति मात्र होइन उनले नयाँ घर पनि पाएका छन् ।

युनएनडीपी र वृहत विपत् जोखिम व्यवस्थापन कार्यक्रमको सहयोगमा ढुङ्गा माटोको जोडाइमा जि.आई. तार जाली प्रयोग गरी भूकम्प प्रतिरोधी घर बनेपछि उनी निकै खुशी छन् ।

जीवीकोपार्जनका लागि उनकी श्रीमतीले बाख्रा र कुखुरासमेत पालेकी छिन् । आफूलाई प्राप्त हुने भत्ताबाट पनि घर खर्च जुटाउन सहयोग पुगेको राना बताउँछन् ।

गोरखा जिल्लाका जनप्रतिनिधिहरुले रानालाई आर्थिक सहयोग गरेका छन् । सिन्धुपाल्चोकको पुनर्निर्माणको अवस्था अवलोकनका लागि केही दिनअघि सोही ठाउँमा पुगेका गोरखाका जनप्रतिनिधिहरुले दशै खर्चका लागि भन्दै उनलाई नगद दश हजार सहयोग गरेका हुन् ।

उक्त रकमबाट उनले दशै मनाउने बताए ।

पुनर्निर्माणको अवस्था अवलोकन गर्न सिन्धुपाल्चोक पुगेका गोरखाका जनप्रतिनिधि र सिन्धुपाल्चोकका जनप्रतिनिधि बीच पुनर्निर्माणको अवस्था र चुनौतीका बारेमा छलफलसमेत भएको थियो ।

उनीहरुले आ-आफ्नो तहमा भएको पुनर्निर्माण सम्बन्धी अनुभव पनि साटासाट गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?