+
+

भीषणको ‘पुरानो बुलेट’मा अनुपविक्रमको मस्ती

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २१ गते १३:५९

भीषण राई निर्देशित फिल्म ‘पुरानो बुलेट’को टिजर सार्वजनिक भएको छ । टिजरमा अभिनेता अनुपविक्रम शाही मात्र अटाएका छन् । तर, उनलाई भन्दा बढी बाईकलाई फोकस गरिएको छ ।

फिल्ममा अनुपविक्रमसँगै वर्षा  शिवाकोटी, माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, शिव मुखिया (गायक, द एक्स ब्यान्ड), शिरोमणी दवाडी, बारात लिम्बु , बादल श्रेष्ठ, करण धिताल, लक्षणा राई, प्रदिप फुयांल र युडी गुप्ताले पनि अभिनय गरेका छन् ।

युवा र बेरोजगारीलाई केन्द्रमा राखेर बनाइएको फिल्ममा मायापिरती, आपसी घम्साघम्सी, रोमान्स सबै कुराको समिश्रण रहेको निर्माता अशोककुमार राईले बताएका छन् । यसका कार्यकारी निर्माता सन्तोष राई हुन् । सन्तोष र भिषण दुबैको पृष्टभूमी पत्रकारिता हो ।

केही थान पुस्तक लेखिसकेका र वृत्तचित्र निर्माण गरिसकेका भीषणले पहिलो पटक फिल्म निर्देशन गरेका हुन् । यो फिल्म युवापुस्तालाई लक्षित गरिएको उनको भनाई छ । फिल्ममा आवश्यक सबै तत्व मिसाइएको पनि उनले बताए । चलचित्रको प्रर्दशन मिति भने तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?