Comments Add Comment

माछापुच्छ्रे बैंकले प्रहरीलाई दियो विपद् व्यवस्थापन उद्धार सामग्री

२१ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो अठाराैं वाषिर्कोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विपद् व्यवस्थापनको लागि चाहिने उद्घार सामग्रीहरु प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विपद्को बेला उद्घारमा खटिने प्रहरी कर्मचारीहरुलाई प्राप्त सामग्रीले थप मद्दत पुर्‍याउने चर्चा गर्दै नेपाल प्रहरीलाई उक्त सामग्री प्रदान गरेकोमा बैंकप्रति आभार प्रकट गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष रोशन केसीले विपद् व्यवस्थापनमा नेपाल प्रहरीले गरेको उद्धार कार्यको प्रशंसा गर्दै ७ वटै प्रदेशमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सामग्री उपयोगी हुने विश्वास व्यक्त गरे ।

जनताको सेवामा समर्पित नेपाल प्रहरीसँग हातेमालो गर्न पाउँदा आफु र सम्पूर्ण माछापुच्छ्रे बैंक परिवार गौरवान्वित भएको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोग आदान प्रदान गर्ने उनले बताए ।

बैंकले नेपाल प्रहरीलाई ५५ लाख ७६ हजार रुपैयाँ बराबरको विपद् उद्घार सामग्रीहरु दिएको हो । हस्तान्तरण गरिएका सामाग्रीहरुमा भत्केका संरचनामा उद्घार तथा खोजीमा प्रयोग हुने उपकरणहरु, अग्नी नियन्त्रणका सामाग्रीहरु, रोप तथा वाटर रेस्क्यूका सामाग्रीहरु तथा र्‍याफ्ट बोट र उक्त बोटलाई चाहिने आवश्यक उपकरणहरु लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment