Comments Add Comment

स्मार्टफोनको अत्याधिक प्रयोगले बच्चाको मनोविज्ञानमा कसरी असर गरिरहेको छ ?

साना बच्चाहरु पनि स्माट्फोन, ट्याब्लेट जस्ता डिभाइसहरुमा अभ्यस्त भएको देख्दा लाग्छ, अहिलेका बच्चा बोल्न पछि सिक्छन् तर स्मार्टफोन चलाउन पहिले सिक्छन् ।

बच्चाहरु रोएको बेलामा फकाउन वा भुलाउन मोबाईल फोन दिने धेरै आमाबुबाको बानी हुन्छ । तर, धेरै आमाबुबालाई कम उमेरमै स्मार्टफोन र ग्याजेटको प्रयोगले बच्चाको मनोविज्ञानलाई प्रभावित गर्छ भन्ने कुरा थाहा नहुन सक्छ ।

हालसालै गरिएको एक अध्ययनले पत्ता लगाए अनुसार पहिलेको तुलनामा आजभोली बच्चामा डिजिटल कुराहरु बुझ्ने क्षमता धेरै छिटो र तिव्र रुपमा विकसित भइरहेको छ ।

यसैले बच्चा कम उमेरमा नै गेम खेल्न, म्युजिक बजाउन, भिडियोहरु हेर्न र फोटोको लागि पोज दिन सिक्छन् ।

आजको यो स्मार्ट युगमा विभिन्न खाले स्मार्ट ग्याजेटले घेरिएका तपाईंका बच्चाको मनोविज्ञानमा कस्तो प्रभाव पर्छ त ?

सामाजिक र भावनात्मक विकासमा असर गर्छ

स्मार्टफोन र इन्टरनेटले बच्चाको संवाद गर्ने कला र भावनात्मक विकासलाई पनि प्रभावित गरेको छ । स्मार्टफोनको उपयोगले बच्चा सानैमा आधुनिक र स्मार्ट त बन्छन् तर आफ्नै अभिभावकसँग उनीहरुको कनेक्सन कम भइरहेका छन् ।

अध्ययनका अनुसार बच्चाहरुले सबैभन्दा धेरै प्रत्यक्ष वा फेस-टु-फेस कम्युनिकेसन बाट सिक्छन् । तर, स्मार्ट ग्याजेटको प्रयोगको कारण बच्चामा मानिसहरुसँग फेस-टु-फेस अन्तक्रिया कम हुन थालेको छ । यसले उनीहरुको समग्र सामाजिक विकास प्रभावित भइरहेको छ ।

बच्चाहरुको शब्दकोश कमजोर भैरहेका छन्

दुई देखि तीन वर्षको उमेरसम्म हरेक बच्चाले बोल्न र सुन्न सिक्छन् । यसैक्रममा उनीहरुको आफ्नो शब्द भण्डार तयार हुन्छ । यसै उमेरमा यदि बच्चा स्मार्टफोनमा समय धेरै बिताउन थाले भने उनीहरुको बोल्ने र सुन्ने प्रक्रियामा बाधा आउँछ र उनीहरुको शब्दकोश कमजोर हुन्छ ।

स्मार्टफोनले बच्चाको स्वतन्त्र सोचलाई पनि प्रभावित गर्छ भन्ने कुरा अभिभावकहरुले सोच्नुपर्ने हुन्छ । यसले रचनात्मकतामा पनि असर पर्छ ।

दिनको १५-२५ प्रतिशत समय स्क्रिनमै झुन्डिन्छन्

अध्ययनमा १० वर्षभन्दा ठूला ५० देखि ६० प्रतिशत बच्चाहरुले आफ्नो दिनको १५ देखि २५ प्रतिशत समय स्कि्रनको अगाडि बिताउने तथ्य पत्ता लाग्यो ।

त्यस्तै १६ वर्ष भन्दा ठूला ६० देखि ६५ प्रतिशत किशोरकिशोरीले दिनको भने २० देखि ३० प्रतिशत समय स्कि्रनमा बिताउने कुरा पनि अध्ययनबाट पत्ता लाग्यो ।

आजभोली हामीहरु चारैतिरबाट स्कि्रनवाला डिभाइस जस्तै स्मार्टफोन, ट्याब्लेट, नोट, ल्यापटप, डेस्कटप, टिभीबाट घेरिएका हुन्छौं । सानैदेखि स्मार्टफोनको प्रयोग, टिभीमा फिल्म कार्टुन हेर्ने, ल्यापटप र ट्याबलेटको प्रयोग गर्ने बानीले बच्चाको आँखा त प्रभावित हुन्छ नै उनीहरुको मनोविज्ञान पनि प्रभावित हुन्छ ।

यँहा सम्म पकि आजभोली धेरै विद्यालयहरुमा प्रोजेक्टर र स्क्रिनको माध्यमले डिजिटल रुपमा अध्यापन गराइन्छ । यस्तो अवस्थामा धेरैजसो बच्चाले दिनमा कम्तीमा पनि १५० पटक स्कि्रन हेर्छन् ।

यसै कारण उनीहरु विभिन्न शारीरिक खेलहरु जस्तै फुटबल, बास्केटबल लगायत अन्य खेलहरुबाट टाढा भएका छन् । अहिलेका बच्चा बिहान उठ्नासाथै मोबाईल चलाउन थाल्छन् ।

मस्तिस्कमा पर्छ नराम्रो असर

जब हामी यस्तो उपकरणहरु बच्चाहरुलाई दिन्छौं उक्त उपकरणबाट निस्कने आवाज र त्यसको प्रकाश प्रति बच्चाहरु प्राकृतिक आवाज र प्रकाशभन्दा धेरै आकषिर्त हुन्छन् । यसै कारणले नै बच्चाहरुको प्रकृति र समाजसँग जोडिने स्वभाविकता सकिन्छ ।

यदि बच्चा सानै देखि यी इलेक्ट्रोनिक्स स्क्रिन भएका उपकरणहरुको प्रयोग गर्छन् भने उनीहरुको दिमागी विकास यसले प्रभावित गर्छ ।

यी उपकरणहरुको कारणले मस्तिस्कमा विकसित हुने कैयौं महत्वपूर्ण कोषहरु उत्पन्न हुनासाथ विस्तारै विस्तारै नष्ट हुन थाल्छन् जसले बच्चा केही विशेष काममा पछाडि पर्छन् ।

खास कुरा त के हो भने यसमा धेरैजसो कोषहको विकास दोस्रोपटक हुँदैन र बच्चाहरुलाई मस्तिस्कको समस्या देखिन सक्छ र जीवनभर दुर्वलतासँग जुध्नुपर्छ ।

देखिन सक्छन् यी समस्याहरु

यी उपकरणहरुको प्रयोगले आमरुपमा बच्चाहरुमा देखिने समस्याहरु निम्न छन्ः

-कुनै एक चीजमा ध्यान केन्दि्रत गर्न नसक्नु

-पढाईलेखाईमा मन नलाग्नु

-दिमाग एकाग्र नहुनु

-कुनै कुरा चाँडै नै भुल्ने बानी लाग्नु

-सहि र गलत छुट्याउने क्षमता कमी हुनु

-स्वभावमा परिवर्तन हुनु र एक्लै बस्न मनपराउनु

-अरुको कुरा नसुन्ने र नबुझ्ने हुनु

-जिद्दी स्वभावको हुनु र आमाबुबाले भनेको नमान्नु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment