Comments Add Comment

‘बादशाह जुट’को ‘काफल पाक्यो’ गीत रिलिज, प्रियंकासँग सुशिल र आमिरको छमछमी

हिजोआज चलचित्र जस्तोसुकै बिषयवस्तुमा बनेको होस्, एउटा लोक लयको गीत आवश्यक पर्छ । लोक लयको गीत विना चलचित्र नै अधुरो हुन्छ भन्ने सोच निर्मातामा पलाउन थालेको छ ।

यसैविच, पौष १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बादशाह जुट’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रमा समावेश ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक भएको गरिएको हो ।

राजनराज सिवाकोटी र मेलिना राइको आवाजमा समावेश यो गीतमा कृष्ण भारद्धाजको संगीत, डीपी खनालको शब्द छ । गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी, उत्तम हुमागाँइको छायांकन छ । चलचित्रको यो गीतको भिडियोमा नायिका प्रियंका कार्कीले नृत्य गरेकी छिन् ।

जोनी सिंह रानाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठको लगानी छ । दिर्घ खड्काको सम्पादन, राजु कार्कीको छायांकन रहेको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन छ ।

चलचित्रका निर्देशक जोनीले आफूलाई वादशाह सोच्ने २ यूवाविचको लडाइमा चलचित्र बनाएको बताए । चलचित्रमा आमिर गौतम, सुशिल श्रेष्ठ, रोविन तामाङ, रोशी खड्का, केइसा राउत, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणी नेपालको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment