Comments Add Comment

पत्नीपीडित १ सय पुरुषले गरे जिवित श्रीमतीको पिण्डदान, पुरुष आयोग बनाउन माग

सोह्रश्राद्धमा मृतक पितृहरुलाई पिण्डदान गरियो । तर भारतको महाराष्ट्रस्थित नासिकमा सयजना पुरुषहरुले आफ्ना श्रीमतीहरुको पिण्डदान गरेका छन् । अनौठो के भने पिण्डदान गर्ने हरेक पुरुषका पत्नीहरु जिवित छन् ।

जिवित पत्नीको पिण्डदान गर्ने ती पुरुषहरु पत्नीपीडित लोग्नेहरु हुन् । आफूहरु पत्नीबाट प्रताडित रहेको र छुटकारा पाउन चाहेको उनीहरुको भनाइ छ ।

आइतबार बिहान पूरा विधि विधानका साथ जिवित पत्नीहरुको पिण्डदानको कार्यक्रम भएको हो । श्राद्धको विधि विधान सहित उनीहरुले जिवित पत्नीहरुको पिण्डदान गरे । पिण्डदानको मन्त्रोच्चारणका लागि पण्डितहरु बोलाइएका थिए । पिण्डदान पछि पिण्डलाई गोदावरी नदीमा बगाइएको थियो ।

समाचार अनुसार श्रीमतीहरुको अत्याचारको विरुद्धमा आवाज उठाउने यी सबै पुरुषहरु एक संस्थासँग आबद्ध छन् । उक्त संस्थाले पत्नीपीडित पुरुषहरुको हीतमा काम गर्दछ ।

जिवित पत्नीको पिण्डदान गर्ने पुरुषहरुले आफुहरुको समस्या समाधानका लागि विशेष पुरुष आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।

संस्थाका अध्यक्ष अमित देशपाण्डेका अनुसार धेरै घरेलू मामिलामा पुरुषहरुलाई नै दोषी बनाएर पेश गरिन्छ । जबकी धेरै घटनाहरुमा मूख्य दोषी महिला हुने गर्दछन् ।

स्मरण रहोस् यसअघि सो संस्थाले वाराणसीमा पनि जिवित पत्नीहरुलाई पिण्डदान गर्ने कार्यक्रमको आयोजना गरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment