Comments Add Comment

प्रदेश १ का १९ स्थानीय तहमा पुगेन बैंक

२३ असोज, विराटनगर । प्रदेश १ का १९ वटा स्थानीय तहमा बैंक तथा वितिय संस्थाको पहुँच पुगेको छैन । सबै स्थानीय तहमा बैंकको शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिए पनि प्रदेश १ का १३७ स्थानीय तहमध्ये १९ वटामा बैंक नपुगेका हुन् ।

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कायम मुकायम निर्देशक हिमप्रसाद न्यौपानका अनुसार ११८ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ । २०७४ असार मसान्त सम्म १३७ मध्ये ५८ वटा स्थानीय तहमा मात्र बैंकका शाखा विस्तार भएका थिए । तर चालु आर्थिक बर्षको असोज महिना सम्म ६० वटा स्थानीय तहमा नयाँ शाखा स्थापना भएका छन् ।

मंगलबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको संघिय संरचनमा आर्थिक गतिविधि अध्ययन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्देशक न्यौपानेले ३ वटाबाहेक अन्य स्थानीय तहमा बैंक स्थापनाका लागि प्रक्रिया सुरु भएको बताए । ३ स्थानीय तहमा भने भौगोलिक समस्याका कारण शाखा खोल्ने प्रक्रिया सुरु हुन सकेको छैन ।

१ सय १८ स्थानीय तहमा बैंकको साखा विस्तार भए पनि सबै मानिसको बैंक खाता भने छैन । प्रदेश १ मा ग्रामीण क्षेत्रमा सरदर ८ प्रतिशत व्यक्तिको बैंक खाता छ भने बजार क्षेत्रमा ६० प्रतिशत व्यक्तिको बैंक खाता छ ।

राष्ट्रबैंकले गरेको प्रक्षेपण अनुसार प्रदेश १ मा प्रतिव्यक्ति आय १०२४ अमेरिकी डलर छ । तर समग्र देशको प्रतिव्यक्ति आय भने १००४ रुपैयाँ मात्र छ । सात प्रदेश मध्ये प्रदेश नम्बर ३ मा सबै भन्दाबढी प्रतिव्यक्ति आय सरदर १५३४ डलर छ । प्रदेश १ प्रतिव्यक्ति आयमा दोस्रो स्थानमा छ भने सबैभन्दा कम प्रदेश ७ को सरदर प्रतिव्यक्ति आय ६६० डलर मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment