२४ असोज, काठमाडौं । ६ वर्षीया बालिका बलात्कारको आरोप लागेका १२ वर्षीय बालकलाई सुधार गृह पठाइएको छ । जिल्ला अदालत, पर्वतले मंगलबार पुर्पक्षका लागि सुधारगृह चलान गर्न आदेश दिएपछि उनलार्इ सुधार गृह पठाइएकाे हो
पर्वतको जलजला गाउँपालिका–३ का बालकमाथि गत असोज २ गते छिमेकमा डेरा गरी बस्ने छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप पीडित परिवारले लगाएका थिए । पीडित बालिकाको मेडिकल रिर्पोटमा समेत बलात्कार भएको देखिएको छ ।
बलात्कारकाे पुष्टि भएपछि प्रहरीले जबर्जस्ती करणी मुद्दाअन्तर्गत उजुरी दर्ता गरेको थियो ।
यसमाथि जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाले बाल सुधारगृह पठाउने फैसला गरेपछि सराङ्कोट कास्की पठाइएको जिल्ला अदालत पर्वतले जानकारी दिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4