+
+

सरकार सुस्त भयो, अब ‘गियर चेन्ज’ गर्नुपर्छः रायमाझी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते १:०४

२४ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले सरकारको काम सुस्त भएको बताएका छन् । ‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ । गियर चेन्ज गरेपछि बल्ल पिकअप लिन्छ ।’ उनले भने ।

महँगीदेखि भ्रष्टाचारका सवालमा पनि अहिले जनताका गुनासाहरु रहेको भन्दै नेता रायमाझीले त्यसलाई सम्बोधन गर्दै सरकारे जनताको सेवामा तीव्र रुपमा अघि बढ्नु पर्नेमा जोड दिए । रायमाझीले अघि थपे, ‘सरकारले अब ‘गियर’ चेन्ज गरेर तीव्र गतिमा जनता र राष्ट्रको पक्षमा लागिपर्न म आग्रह गर्दछु ।’

देश राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै नेता रायमाझीले दुई तिहाईको वर्तमान सरकारले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको मार्गचित्र निर्माण गरेर द्रुत गतिमा अघि बढ्नुपर्ने बताए ।

‘सरकारले राष्ट्र र जनताको आवश्यकत्ता पूरा गर्नुपर्छ । यसै सन्दर्भमा हामीले अब विकासको लागि काम गर्न पुरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नुपर्दछ,’ रायमाझीले अघि भने, ‘नयाँ परम्परा, नयाँ विचार, नयाँ योजना र नयाँ संस्कारसहित हामी अगाडि बढ्नुपर्दछ ।’

यद्यपि, अहिलेपनि पुरानै संस्कार र पुरानै संविधानको धंगधंगीहरु नेता रायमाझीले बताए । यसले गर्दा सरकारलाई द्रुत गतिमा अघि बढ्न कठिनाइ भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?