Comments Add Comment

नरभक्षी महिलाको कथा, जसले मानव अंगको अचार खान्थिन्

मेक्सिकोको मेक्सिको सिटी प्रहरीले गत बिहीबार २० जना महिलाको हत्याको अभियोगमा एक दम्पत्तिलाई पक्राउ गरेको छ ।

उक्त दम्पत्तिको साथबाट मानव शरीरका अंगहरु समेत बरामद गरेको थियो । ती मानव अंगहरु दम्पत्तिको घरको फ्रिज तथा दराजमा राखिएका थिए ।

उक्त दर्दनाक घटनाले रुसकी एक महिलाको सम्झना गराएको छ, जसले मानिसहरुको हत्या गरेर मान्छेको मासु खान्थिन् ।

ती महिलाले मानिसको मासुलाई घरमा रहेको ठूलो फ्रिजभित्र राख्थिन् । अनी निकालेर मासुका परिकार तथा अचार बनाएर खान्थिन् ।

दिमित्री बाकसाएब र उनकी पत्नी नतालिया रुसको क्रसनोदर सहरमा बस्दथे । दुवै नरभक्षी थिए । उनीहरुमाथि शंका लागेर पुलिसले गिरफ्तार गरेको थियो । उनीहरुको घरमा खानतलासी गर्दा ८ जना मानिसका शव फेला परेको थियो । दुवैजनाले मानव अंगको अचार बनाएर राखेका रहेछन् । प्रयोगशालामा अचारको परीक्षण गर्दा उक्त भयानक तथ्यको खुलासा भयो । नतालिया पेशाले नर्स थिइन् । उनीहरुले कूल ३० जना मानिसको हत्या गरेर मासु खाएको स्विकार गरेका थिए ।

यता मेक्सिको सिटीबाट पक्राउ परेका दम्पत्तिले सुरुमा १० जना मानिसको हत्या गरी मासु खाएको स्विकार गरेकोमा अनुसन्धान गर्दै जाँदा २० जनाको हत्या गरेको खुलेको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment