Comments Add Comment

रामेछाप आएको रात्रीबसमा तीनजना बेहोस भेटिए

२४ असोज, रामेछाप । काँकडभित्ताबाट बर्दिबास हुँदै रामेछापको मन्थली आएको रात्रिबसमा ३ जना यात्री बेहोस अवस्थामा फेला परेका छन् ।

बुधबार बिहान मन्थली आएको ना ६ ख २५३३ नम्बरको बसमा दोलखा वैतेश्वर गाउँपालिका ५ का ३ जना बेहोस भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

बेहोस अवस्थामा फेला पर्नेमा वैतेश्वर ५ का बर्ष ६५ का शम्भु दाहाल, ३८ बर्षका शम्भु क्षेत्री र वर्ष २२ का मनिष थामी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए ।

बेहोस तीनै जनाको मन्थलीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भारतको विभिन्न स्थानमा काम गरी दसैं तिहार मनाउन घर आउदै गरेका उनीहरुको साथबाट ५० हजार नगद लुटपाट गरेको हुनसक्ने आशंका गरिएको छ ।

बसका चालक र सहचालक तथा अन्य दुई जना यात्रीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment