+
+

दुई हृयाट्रिकबाट चुकेका ताहिरको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते १४:१९

२३ असोज, काठमाडौं । जिम्बावेसँगको अन्तर्राष्ट्रिय टी-२० मा पाँच विकेट लिएका दक्षिण अफ्रिकाका स्पिनर इमरान ताहिरले हृयाटि्रक लिने सक्ने अवसर रहेको बताएका छन् ।

ताहिरले चौथो ओभरको पहिलो बलमा मासाकाड्जा र दोस्रो बलमा मुसाकान्दालाई आउट बनाएका थिए । ताहिरको तेस्रो बलमा विलियम्सले चौका हानेका थिए । त्यसअघि दोस्रो ओभरको चौथो बलमा नै ताहिरले चिबाबालाई आउट बनाएका थिए ।

चौथो ओभरमा आएका जस्तो हृयाटि्रकको अवसर ताहिरले १२ औं ओभरमा पनि पाएका थिए । १२ औं ओभरको चौथो बलमा विलियम्सलाई आउट गरेका उनले पाँचौ बलमा चिगुमबुरालाई आउट पारेका थिए । अन्तिम बलमा ताहिरले फालेको गुगली बल आउट साइड एजमा लागेर जोगिएको थियो ।

ताहिरले चार ओभरमा २३ रन दिएर पाँच विकेट लिएका हुन् । जुन टी-२० मा उनको व्यक्तिगत कीर्तिमान हो । जसका लागि उनी प्लेयर अफ दि म्याच पनि चुनिए ।

पहिले ब्याटिङ गरेको दक्षिण अपि|mकाले १ सय ६० रन बनाएको थियो । १ सय ६१ रनको लक्ष्य पछ्याएको जिम्बावेलाई ताहिरकै बलिङले धरापमा पारेको हो । जिम्बावेले १७ ओभर २ बलमा १ सय २६ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

‘मैले हृयाट्रिक लिन सकेको भए धेरै राम्रो हुन्थ्यो । तर, सोचेर मात्रै पनि हुँदैन । कतिपय बेला आफूले चाहेका कुराहरु भइदिँदैन’ आईसीसी मिडियासँग ताहिरले भनेका छन् । आफूले खेलअघि पनि नयाँ बलमा स्पिन अभ्यास गरेको उनले बताएका छन् ।

तीन खेलको सिरिजमा अब दुई टी-२० बाँकी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?