Comments Add Comment

‘रणवीर’मा प्रशान्त र सुशिलको एङ्ग्री लुक्स

चलचित्र ‘रणवीर’का मुख्य कलाकार प्रशान्त ताम्राकार र सुशिल सिटौलालाई एङ्ग्री अवतारमा देखाउँदै यसको फस्टलुक सार्वजनिक गरिएको छ । मोसन पोष्टरमा यसका मुख्य २ कलाकारको एक्सन अवतार हेर्न सकिन्छ । मोसन पोष्टरका लागि खुबै मिहिनेत गरिएको छ ।

एक्सन र रोमान्सलाई मुख्य बिषयवस्तु बनाएर तयार भएको यो चलचित्रमा सुशिल सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन छ । गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी यो चलचित्रका निर्माता हुन् । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । यो चलचित्र माघ १८ गतेबाट देशभरका हलमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment