+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

कांग्रेसमा महाधिवेशन प्रतिनिधि हुन प्रदेशबाट आउनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते १९:४३

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसमा प्रदेश अधिवेशन प्रतिनिधि मात्र केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन पाउने भएका छन् ।

विधान संशोधन मस्यौदा समितिको बुधबारको बैठकले प्रदेश संरचनाबारे टुंगो लगाएको छ । प्रदेशमा केन्द्रमा जस्तै प्रदेश सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषध्यक्ष रहनेछन् । तर, निर्वाचन प्रणाली र पदाधिकारी संख्या भने केन्द्रीय पदाधिकारीका हकमा जे सहमति जुट्छ, त्यही प्रदेश कमिटीमा पनि लागू हुनेछ ।

प्रदेश कमिटी न्यूनमत ४३ सदस्यीय हुनेछ । प्रदेश अन्तरगतका हरेक जिल्लाका एक प्रतिनिधि कमिटीमा अनिवार्य गरिएकाले प्रदेश अनुसार कमिटीको आकार सानो ठूलो हुनेछ ।

प्रदेश अधिवेशनका प्रतिनिधिहरु मध्येबाटै महाधिवेशन प्रतिनिधि छनोट गर्ने सहमति मस्यौदा समितिमा जुटेको छ ।

‘प्रदेश कमिटीलाई बलियो बनाउन खोजेका छौं’ मस्यौदा समितिका सदस्य आनन्द ढुंगानाले भने, ‘नयाँ क्रियाशील सदस्यता वितरण वा नवीकरणको सिफारिस पनि प्रदेश कमिटी हुँदै आउनुपर्छ ।’

प्रदेशका थप अधिकारबारे भोलि छलफल हुनेछ । प्रदेशको चुनावको टिकट वितरणको अधिकार प्रदेश कमिटीलाई दिने नदिने लगायतका विषयमा छलफल जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?