+
+

एभरेष्ट बैंक र फिन सर्टबीच रेमिट्यान्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते २०:१५

२४ असोज, काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र दक्षिण कोरियाली मनि ट्रान्स्फर अपरेटर फिनसर्ट आईन कर्पोरेट बीच रेमिट्यान्स सम्झौंता भएको छ ।

यसपछि दक्षिण कोरियाबाट रेमिट्यान्स पठाउन सहज हुने एभरेष्ट बैंकको विश्वास छ ।

सम्झौंता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरे ।

क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन प्रडक्ट हो र यसले फिनसर्टबाट सेवा प्रदान गर्ने तथा सजिलै वेभसाइट तथा मोवाइल एप्लीकेशनमा पाउन सकिने एभरेस्ट बैंकले जानकारी दिएको छ ।

एन्ड्रोइड तथा आईओएस दुबै डिभाइसमा उक्त एपलिकेसन रहेको बताइएको छ ।

कुनैपनि रेमिट्यान्स पठाउने मानिसले क्वाइसर्टमा रजिस्टर हुनुपर्ने र त्यसपछि क्वाइसर्टले एभरेक्ष्ट बैंकको मार्फत नेपालमा रेमिट्यान्स पठाउने जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?