२५ असोज, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबविरुद्ध थीस्टारले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको छ ।
खेलको १७औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका हुन् । उनले आफ्नो एकल प्रयासमा फ्रेन्ड्स क्लबका किपरलाई विट गर्दै गोल गर्न सफल भए ।
तुलनात्मक रुपमा थ्रीस्टार क्लबले राम्रो खेलिरहेको छ । एकपछि अर्को आक्रमक खेल खेलेको थ्रीस्टारले गोल गर्ने मौका गुमाउँदा पहिलो हाफसम्म १-० गोलको मात्रै अग्रता बनाएको हो ।
त्यस्तै, आजै दिउँसो ३ बजे जाउलाखेल युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि हिजो भएको खेलमा च्यासल युथ क्लबले मचिन्द्र क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4