Comments Add Comment

मोनाकोका प्रशिक्षक जर्दिम बर्खास्त

२५ असोज, काठमाडौं । फ्रेन्च क्लब मोनाकोले प्रशिक्षक लियोनार्दो जर्दिमलाई बर्खास्त गरेको छ । लिग वानमा क्लबको खराब नतिजा आइरहँदा मोनाकोले प्रशिक्षक हटाएको हो ।

९ खेल भइसक्दा लिग वानमा मोनाको १८ औं स्थानमा रहेको छ ।

जर्दिमको स्थानमा थियरी हेनरीलाई प्रशिक्षक बनाइने खबरहरु आइरहेका छन् । हेनरी क्लबसँग कुराकानीमा रहेका छन् ।

फ्रान्स र आर्सनलका पूर्व खेलाडी ४१ वर्षका हेनरीले खेल जीवन मोनाकोमा नै सुरु गरेका थिए । १९९७ मा लिग वान जित्दा उनी मोनाकोकै सदस्य थिए ।

४४ वर्षका जर्दिम २०१४ देखि मोनाकोमा थिए । उनले २०१७ मा मोनाकोलाई लिग जिताएका थिए ।

‘म चार वर्षभन्दा बढी समय मोनाकोमा प्रशिक्षक रहन पाउँदा खुसी लागेको छ । मैले सधैं आफूले सक्नेसम्मको मेहनत गरे र शत प्रतिशत दिएँ’ जर्दिमले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment