Comments Add Comment

म्यूजिक लभ स्टोरीमा प्रदिप र जसिताको ‘लभ स्टेशन’

चलचित्र ‘लभ स्टेशन’को छायांकन अहिले धमाधम दार्जिलिङमा भैरहेको छ । यसको निर्माणपक्षका अनुसार चलचित्रको ५० प्रतिशत छायांकन सकिएको छ । तिहार अगाडि नै सबै छायांकन सकेर नेपाल फर्किने निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार चलचित्रको २ वटा गीत सहित ५० प्रतिशत छायांकन सकिएको हो । चलचित्रमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका छ ।

असोज ११ गतेबाट यो चलचित्रको छायांकन सुरु भएको थियो । चलचित्रमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानाको पनि मुख्य भूमिका छ ।

चलचित्रमा लभ स्टेशनको रुपमा विशेष ठाउँलाई चित्रित गरिएको निर्देशक उज्ज्वल घिमिरेले जानकारी दिएका छन् । नायक खड्काले पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतका आफ्ना चलचित्र भन्दा पृथक रहेको जानकारी दिएका छन् ।

यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । चलचित्रलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

लभ स्टेशनको दार्जिलिङ र कालिङपोङ पछि सिक्किम, फिक्कल लगायतका स्थानमा सुटिङ गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment