Comments Add Comment

मनाङका प्रशिक्षकले भने – अनुभवी खेलाडीले राम्रो खेलेनन्

२६ असोज, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार भएको खेलमा मनाङ मर्स्याङ्दीले ब्रिगेड ब्वाइज क्लबलाई ३-१ ले पराजित गरेको छ । पहिलो हाफमा १-० ले पछि परेको मनाङले दोस्रो हाफमा लगातार तीन गोल गरेर खेल जितेको हो ।

मनाङ मर्स्याङ्दीका प्रशिक्षक सुमन श्रेष्ठले क्लबको प्रदर्शन सन्तोषजनक नभएको टिप्पणी गरे ।

खेल सकिएपछि पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै उनले भने, ‘हामीले सोचेअनुसारको खेल खेल्न सकेनौं । अनुभवी खेलाडीले राम्रा खेलेनन् । टिम सेट पनि नमिलेको जस्तो महशुस भयो ।’

यता, पराजित ब्रिगेड ब्याइजका प्रशिक्षक उर्जेन श्रेष्ठले भने मनाङजस्तो बलियो टिमसँग निकै राम्रो खेलेको प्रतिक्रिया दिए । उनले भने, ‘हामीसँग ४ जना मात्रै अलिक सिनियर खेलाडी छन् अरु सबै जुनियर तर पनि मनाङविरुद्ध राम्रो खेल्यौं । पहिलो हाफमा बनाएको अग्रतालाई जोगाउँदै जित हात पार्ने लक्ष्य थियो तर हामी दोस्रो हाफमा चुक्यौं ।’

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा मनाङको जितमा अफिस ओलावालेले २ तथा हेमन गुरुङले १ गोल गरे । यता, ब्रिगेड ब्वाइजका लागि भने रजत तिवारीले गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment