Comments Add Comment

अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई विशेष अवार्ड

२८ असोज, काठमाडौं । यही असोज २० देखि २८ गतेसम्म श्रीलंकामा आयोजित २३ औं अन्तर्रास्ट्रिय खगोल ओलम्पियाडमा नेपालले विशेष अवार्ड प्राप्त गरेको छ ।

नेपालका तर्फबाट प्रतियोगितामा विशाल बरालले सहभागी नयाँ रास्ट्रहरुमध्ये उत्कृष्ट नतिजा ल्याउँदै नेपालका लागि उक्त अवार्ड हात परेका हुन् । नेपालमा सञ्चालित पाँचौ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा विशाल बरालले छैठौं स्थान हात परेका थिए ।

०७४ साल फागुन ५ गते पहिलो चरण अन्तर्गत बिराटनगर, चितवन, काठमाडौँ, पोखरा, बुटवल र धनगढीमा सञ्चालन गरिएको ‘पाँचौ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१८’ को २०७५ साल साउन १८ देखि २५ गतेसम्म सञ्चालन गरिएको अन्तिम चरणको परीक्षाबाट १३ विद्यार्थीको योग्यताक्रम नतिजा प्रकाशित गरिएको थियोे ।

जम्मा तीन चरण रहने राष्ट्रिय प्रतियोगितामा पहिलो चरणबाट दोश्रो चरणको लागि ३३ जना विद्यार्थी छनौट गरिएको थियो ।

छनौटमा परेका विद्यार्थीहरुले दोश्रो चरण अन्तर्गत खगोलिय साधनहरु बनाउने, प्रतिबेदन लेख्ने, कार्यपत्र बनाउने, जनसम्पर्क कार्यक्रम गर्ने जस्ता विभिन्न कार्य परुरा गर्नुपर्छ ।

दोश्रो चरणबाट तेस्रो अर्थात् अन्तिम चरणको लागि जम्मा १७ जना विद्यार्थी छनौट गरिएको थियो । यसरी छनौटमा परेका प्रतियोगीहरुलाई साउन १८ देखि २५ गतेसम्म संचालन गरिएको बन्द शिविरको लागि काठमाडौँ बोलाइएको थियो ।

के हो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड ?

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगता हो ।

यस प्रतियोगितामा सामेल भइ उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई अन्तर्रास्टि्रय प्रतियोगिताको लागि सिफारिस गरिँदै आइएको छ ।

सन् २०१४ बाट संचालन गरिएको यस प्रतियोगिताबाट ८०० भन्दा बढी विद्यार्थीले आˆनो प्रतिभा परीक्षण गरिसकेका छन् भने यस कार्यक्रमले उत्कृष्ट ठहराएका विद्यार्थीहरु देश तथा विदेशमा रहेका उत्कृष्ट विश्वविध्यालयमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment