Comments Add Comment

देबदहमा सुरु भयो लागूऔषध, मदिरा र सूर्तिजन्य पद्धार्थ नियन्त्रण अभियान

२८ असोज, बुटवल । रूपन्देहीको देवदह नगरपालिकामा लागूऔषध, मदिरा र सूर्तिजन्य पद्धार्थ नियन्त्रणका लागि अभियान थालिएको छ । देवदहको वडा नम्बर ७ बाट औपचारिक कार्यक्रमको आयोजना गरी अभियानको थालनी गरिएको हो ।

लागूऔषध नियन्त्रण समिति देवदह-७ ले आइतबार देवदहमा लागूपद्धार्थ निषेधित तथा मदिरा सुर्तिजन्य पद्धार्थ नियन्त्रण तथा अन्तरक्रिया तथा प्रतिवद्धता कार्यक्रम गरी अभियानको थालनी गरेको हो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य तथा नेकपाका नेता छविलाल विश्वकर्माले समाजमा अपराध बढाउने लागू औषधको नियन्त्रणमा वडाले थालेको अभियानमा आफूले साथ दिने बताए ।

उनले समाजमा हुने लागूऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्ले लागू औषधको दूव्र्यसन रोक्न एक्सनमा जानुपर्ने देखिएको बताए । लागूऔषध नियन्त्रण गर्न स्थानीयस्तरबाटै जनता परिचालन गरेर आन्दोलन र अभियान सञ्चालन गर्नुपर्ने मल्लले बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानले अबको समाज लागू औषधरहित हुनुपर्ने बताए ।

वडा वडा अध्यक्ष पदम थापाले आफ्नो वडाबाट केही नमूना काम गरौं भन्ने उद्देश्यका साथ टोल टोलबाट मदिरा नियन्त्रण अभियानमा आफू जुटेको बताए ।
देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले अभियान नगरभरमै संचालन गरिने बताए ।

कार्यक्रममा नेकपा नेता टिका न्यौपाने, कांग्रेस जिल्ला सदस्य बाशुदेव रिमाल, होटल व्यवसायी टंक पोखरेल, कार्यक्रम संयोजक दीपेश विक्रम मल्ललगायतले बोल्दै सामुहिक प्रयासबाट अभियान सार्थक हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment