Comments Add Comment

सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

२९ असोज, बनेपा । सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उहाँकी श्रीमती ३० वर्षीया बिमला लामा र १२ वर्षीय छोरा मनिष लामा रहेको छ ।

सोनामको धुलिखेल अस्पताल तथा बिमला र मनिषको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

काठमाडौँबाट पूर्वतर्फ गइरहेको बा७५प १९४९ नंको स्कुटर र विपरीत दिशाबाट आइरहेको बिआर ३२ जे ३४७५ नम्बरको स्कार्पियो बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–११ स्थित कालढुङ्गामा एकापसमा ठोक्किँदा स्कुटरमा सवार तीनै जना गम्भीर घाइते भएका थिए । 

स्कार्पियो र सोका चालक जनकपुर उपमहानगरपालिका–४ का विक्रु ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment