Comments Add Comment

बेलायतमा पहिलो पल्ट मनाइयो ‘मोहनी’ पर्व

लण्डन । १८ वर्षअघि बेलायतमा सबैभन्दा पहिले नेवार समुदायको महत्वपूर्ण चाड म्ह-पूजा मनाउने पासा पुच: गुथि युके लण्डनले यस वर्ष फेरि पनि एउटा नयाँ इतिहास रच्न सफल भएको छ ।

गत हफ्ताको शनिवार असोज २७ गतेका दिन लण्डनमा छरिएर रहेका ७० भन्दा बढी संस्कृति प्रेमी नेपालीहरूका माँझ गुथिले पहिलो पटक मोहनी नख: मनाएको छ ।

दशैं पर्वको अवधिमा नेवार समुदायमा मनाइने मोहनी नख:को विशिष्ट स्थान रहँदै अएको छ । नेपालीहरूको बाक्लो बसोबास रहेको लण्डनको अल्पर्टन शहरमा आयोजित सो कार्यक्रममा गुथिका सह-अध्यक्षद्वय श्रीमती मेनका श्रेष्ठ र श्रीमती रुक्मणि मानन्धरले स्वागत मन्तव्य व्यक्त गरे ।

२ वर्षको बालक देखि ७० वर्षीया वृद्धासमेतको उपस्थिति रहेको सो कार्यक्रममा सह-सचीव श्री अनिल महर्जनले कार्यक्रमको बारेमा जानकारी दिएको थियो भने महासचीव श्री सन्दीप श्रेष्ठ रखेलकूद सचीव श्री सुमीत बज्राचार्यले नेपालभाषा र खसभाषा नेपालीमा गीत-संगीतले मनोरंजन गराएका थिए ।

गुथिका अध्यक्ष श्री संयुक्त श्रेष्ठले बेलायतका नेपाली घरपरिवारमा हुर्किरहेका बालबालिकाहरूले आफ्नो संस्कृतिका बारे ज्ञान पाउनुपर्ने उल्लेख गर्दै यसै सन्दर्भमा श्री सुरजवीर बज्राचार्यद्वारा रचित ‘धाल: जित: नेवा:’ गीत गाएर पनि सुनाएका थिए ।

कार्यक्रममा सहभागीहरूले पातको लपतय् मा नेवा: भोजको अानन्द लिएका थिए भने लण्डनस्थित ‘म:म: एण्ड रोटी’ ब्राण्डका श्री बिनोद बराल र श्री नरेश शर्माको सह-आयोजनामा विभिन्न परिकारहरूको तयारी गरिएको थियो।

सो कार्यक्रमको व्यापक सफलतापछि यही आउँदो नोवेम्बरको १३ तारिख आइतबारका दिन गुथिले अर्को महत्वपूर्ण चाड म्ह-पूजाको आयोजना लण्डनको ओकिंगटन म्यानर स्कुल, वेम्ब्लीमा करिब ३०० जनाको उपस्थितिमा गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment