+
+
Shares

चितवनमा ट्यांकरले भ्यानलाई ठक्कर दियो, ३ को अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३१ गते १४:००

३१ असोज, काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी सुशिलसिंह राठौडका अनुसार घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले पोखराबाट धादिङतर्फ जाने क्रममा कुरिनटारमा रोकि राखेको ग २ च १७५१ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ट्यांकर सडकबाट तल खसेको थियो । भ्यानमा दशैं मनाउन हिँडेका परिवार सवार रहेको प्रहरीले जनाएको छ । उनीहरूको हाल परिचय खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?