Comments Add Comment

ऊर्जामन्त्रीको चीन भ्रमणः सहयोग र लगानी विस्तार गर्ने चीनको वचन

२ कात्तिक, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री लियाङ्ग विलियाङ्गबीच भेटवार्ता भएको छ ।

चीनले अघि सारेको वान वेल्ट वान रोडको उर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीनको सुजोओ पुगेका मन्त्री पुनसँग शुक्रवार उपमन्त्री लियाङ्गले भेटवार्ता गरे ।

लियाङ्ग चीनको विकास र सुधार हेर्ने विभागका उपमन्त्री हुन् । उनी त्यसका साथै चीनको वित्तीय क्षेत्रको समन्वय गर्ने विभागका प्रमुख समेत हुन् ।

भेटवार्तामा आपसी हित र उर्जाको क्षेत्रमा दुई देशको बीचमा गर्न सकिने सहकार्यका बारेमा समेत छलफल भएको थियो ।

द्विपक्षीय भेटवार्ताम्ाा मन्त्री पुनले नेपाल र चीनबीच निकै पुरानो सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा समेत दुवै देशको सम्बन्ध मजवुत वन्ने धारणा राखे ।

नेपालमा लामो समयपछि दुई तिहाईको सरकार बनेको भन्दै उनले त्यसमा चीनको सहयोग र सद्भावको खाँचो रहेको बताए ।

मन्त्री पुनले चिनियाँ उपमन्त्रीसँगप्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको भ्रमणको बेला इनर्जी कोअपरेशनमा भएको सम्झौता ऐतिहासिक भएको भन्दै आगामी दिनमा त्यसमार्फत सहकार्य गर्न सजिलो हुने धारणा राखे ।

उनले गत महिना बंगलादेशसँग समेत इनर्जी कोअपरेशनमा सम्झौता भइसकेको भन्दै त्यसले क्षेत्रीय बजार विस्तारमा सहयोग पुग्ने दाबी गरे ।

उनले बंगलादेशले नेपालमा उत्पादन भएको विजुली खरिद गर्न ईच्छा व्यक्त गरेको जानकारी समेत दिए ।

मन्त्री पुनले गत सेप्टेम्बरमा नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक बसिसकेको जानकारी दिँदै दोस्रो वैठकको मिती समेत छिट्टै तय गर्न आग्रह गरे ।

संयन्त्रको पहिलो बैठक आफैमा ऐतिहासीक बनेको भन्दै त्यसमार्फत दुवै देशले ऊर्जा क्षेत्रमा सहकार्य गर्न सजिलो हुने मन्त्री पुनको धारणा थियो ।

वैठकमा मन्त्री पुनले नेपाल चीनबीच अघि बढेको अन्तरदेशीय प्रशारण लाइन र जलविद्युत परियोजनाहरुको बारेमा छलफल थियो । मन्त्री पुनले ४ सय केवीको काठमाडौं केरुङ अन्र्तदेशिय प्रशारण लाइन, कोशी कोरीडोर, कणर्ाली कोरिडोर र भेरी कोरिडोर, किमाथांका, फुक्कोट कणर्ाली र तमोर जलविद्युत परियोजना नेपालको प्राथमिकतामा रहेको भन्दै उनले त्यसमा चीन सरकारको सहयोग आवश्यक रहेको धारणा राखे । उक्त परियोजना सरकारले चीनसमक्ष यसअघि नै प्रस्ताव गरिसकेको छ ।

छलफलमा सोफ्ट लोन, कमर्सियल लोन र बीआरआई फण्डमार्फत गर्न सकिने लगानीका सम्भावना वारेमा समेत छलफल भएको थियो ।


नेकपाका नेता समेत रहेका मन्त्री पुनले नेपालमा चिनियाँ लगानी दिन प्रतिदिन बढिरहेको जानकारी दिंदै आगामी दिनमा समेत लगानीको वातावरण बनाइदिन आग्रह गरे ।

भेटमा चिनियाँ मन्त्री लियानले नेपालसँग भएको इनर्जी कोअपरेशनको समझदारी कार्यान्वयन गर्ने चरणमा रहेको जानकारी दिए ।

मन्त्री लियानले भेटमा नेपाल चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक ऐतिहासिक भएको भन्दै त्यसका लागि पहल गरेकोमा ऊर्जामन्त्री पुनलाई धन्यवाद व्यक्त गरे ।

उनले नेपालमा चिनियाँ कम्पनीहरुले उर्जा क्षेत्रमा लगानी गरिरहेको भन्दै आगामी दिनमा समेत लगानी थप विस्तार हुने प्रतिवद्धता व्यक्त गरे ।

‘हामीलाई चीनमा थप उर्जा समेत आवश्यक छ, नेपालमा हाम्रा कम्पनीहरुले व्यवसायिक रुपले लगानी गरिरहेका छन, आगामी दिनमा थप चिनियाँ कम्पनीहरुले नेपालमा लगानी गर्नेछन्,’ उपमन्त्री लियानले भनेे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment