Comments Add Comment

ऐश्वर्यको चैन विथोल्ने एउटा प्रश्न

ऐश्वर्य राय बच्चन अहिले कसैकी आमा हुन्, कसैकी श्रीमती हुन्, कसैकी बुहारी हुन्, कसैकी भाउजु हुन् । तैपनि बेलाबखत उनीमाथि विगतका बखेडा झिकेर अनेकन प्रश्न गरिन्छ, जसले उनको पारिवारिक जीवनलाई खल्लो बनाइदिन्छ । खासगरी विगतका प्रेम-प्रसंगले उनको चैन विथोलिदिन्छ । चाहे ‘दबंग ब्वाई’ सलमान खानसँगको प्रसंग कोट्याएर होस् वा बिवेक ओवरायसँगको ।

कुनैबखत बलिउडकै हट जोडी थिए, सलमान र ऐश्वर्य । भनिन्छ, त्यसबेला ऐश्वर्यलाई सलमानले आफ्नो नियन्त्रणमा राखेका थिए । पछि उनीहरुको ब्रेकअप भयो । ब्रेकअप भएको रात पनि सलमानले ऐश्वर्यको घरमा गएर भाँडभैलो मच्याएका थिए । ऐश्वर्यलाई हातपात समेत गरेका थिए ।

त्यसपछि ऐश्वर्य बिवेक ओबरायसँग नजिकिइन् । बजारमा हल्ला के चल्यो भने, ऐश्वर्य र विबेकवीच ‘इलु इलु’ छ । तर, ऐश्वर्यले यसबारे सधै रक्षात्मक जवाफ दिइन् । अर्थात विबेकसँग उनको कुनै अफेयर थिएन । यता विबेकले भने ऐश्वर्यसँग सम्बन्ध रहेको खुलासा गर्दै हिँडे । अन्ततः उनको यो हर्कत ऐश्वर्यलाई पचेन । उनले खुलमखुलै विबेकको बिरोध गरिन् । सलमानले समेत विबेकलाई धम्काए । आखिर, सलमानको धम्की बिरुद्ध विबेकले पत्रकार सम्मेलन नै गर्नुपर्‍यो ।

यी घटनाक्रम नयाँ होइनन् । र, यसबारे धेरै अनभिज्ञ पनि नहोलान् । तर, यहाँ अहिले यो प्रसंग उप्काउनुको कारण चाहि अहिले बलिउडमा चर्किएको यी घटनाक्रम नयाँ होइनन् । र, यसबारे धेरै अनभिज्ञ पनि नहोलान् । तर, यहाँ अहिले यो प्रसंग उप्काउनुको कारण चाहि अहिले बलिउडमा चर्किएको ‘मि टु’ अभियान हो । महिला हिंसा वा दूव्र्यवहार विरुद्धको यो विश्वव्यापी लप्काले अहिले बलिउडमा आगो लगाइरहेको छ । एकपछि अर्को बलिउडकर्मी ‘मि टु’ अभियानको शिकार भइरहेका छन् । अनु मलिकदेखि नाना पाटेकरसम्म ।

यता आफुमाथि दूव्यर्वहार भएको कुरा खुलासा गर्दै यो अभियानमा सामेल हुने बलिउड सेलिब्रेटीहरुको संख्या बढ्दो छ । यसबीचमा धेरैले ऐश्वर्य रायको मुख पनि ताकेर बसेका छन् । के उनले पनि ‘मि टु’ अभियानमा सम्मिलित भएर कसैमाथि औंला उठाउनेछिन् ?

आफ्ना कुरा स्पष्टसँग राख्ने गर्छिन् ऐश्वर्य । तर, मि टु अभियानमा भने उनले कुनै प्रतिक्रिया जनाएकी छैनन् । तर, उनीमाथि यस किसिमको प्रश्न नउठ्ने कुरै भएन । ब्रेस्ट क्यान्सरसम्बन्धी एक सचेतना कार्यक्रममा पुगेकी ऐश्वर्यलाई मि टु अभियानका बारेमा पनि प्रश्न गरियो । तर, उनले त्यसमा कुनै जवाफ दिइनन् । आफुमाथि कसैले दूव्र्यवहार गरेको कुरा उनले खुलाएकी छैनन् ।
त्यसो त यो अभियान जसरी छेडिएको छ, त्यस कुराले भने उनी खुसी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment