Comments Add Comment

सडकमै बस पल्टिदा एक जनाको मृत्यु, आठ घाइते

सप्तरी, ५ कात्तिक । सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा सोमबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा आठ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका ७ मा एक बस आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४४७० नम्बरको बस आफै अनियन्त्रित भई रोडको उत्तरतर्फ खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा बसका सहचालक काभ्रे घर भएका ४५ बर्षका दीपक राईको मृत्यु भएको छ । घाइते भएका उनलाई उपचारका लागि लहान लगिए पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

यस्तै जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँप्ाालिका १ जण्डौलस्थित पूर्व-पश्चिम राजमार्गमा माइक्रोबसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख १४५१ नम्बरको हायसले पैदल यात्री सोही ठाउँका ६० बर्षीय अन्दुलाल चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment