Comments Add Comment

सप्तरीमा पुनः किशोरी बलात्कृत, युवक पक्राउ

५ कात्तिक, सप्तरी । सप्तरीमा पुनः एक जना किशोरी बलात्कृत भएकी छन् । खड्ग नगरपालिका ९ लालपट्टी बस्ने किशोरीलाई सोही ठाउँका युवकले आफ्नै घरमा लगी बलात्कार गरेका हुन् ।

१५ बर्षकी किशोरीसँग जबर्जस्ती यौन सम्पर्कको आरोपमा अनुसन्धान गर्न ३५ बर्षका दीलिपकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति किशोरीसँग बलजफ्ती गरेका साहलाई सोमबार बिहान पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यसअघि २६ असोजमा १६ बर्षकी एक किशोरीसँग बलजफ्ती यौन सम्पर्क गर्ने एक युवक पक्राउ परिसकेका छन् । डाक्नेश्वरी नगरपालिका २ बस्ने किशोरीलाई मुखमा रुमालले बाँधी बलात्कार गर्ने सोही ठाउँका २२ बर्षका ओमप्रकाश साहलाई पक्राउ गरिएको थियो ।

रातिको समयमा पिसाब फेर्न घर नजिकै सडक बाटोमा गइरहेको मौका छोपी साहले किशोरीको मुखमा रुमालले बाँधेर काँधमा बोकी आफू सुत्ने कोठामा लगेर करणी गरेका थिए ।

यसअघि असोजको दोस्रो साता डाक्नेश्वरी नगरपालिकामै बालिकाको र खड्ग नगरपालिकामा ७१ बर्षकी बृद्वासँग बलात्कार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment