Comments Add Comment

परमाणु हतियार बनाउने अमेरिकाको धम्की

६ कात्तिक, काठमाडौं । अमेरिकाले परमाणु हतियार बनाउने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनलाई दबाव दिन परमाणु हतियारबाट अमेरिकालाई मजबुत बनाउने चेतावनी दिएका हुन् ।

पत्रकारहरुसँग ट्रम्पले भने, ‘अमेरिकाले हतियार बनाउने छ जबसम्म मानिसहरुलाई होस आउँदैन ।’

उनले भने, ‘यो धम्की हो । तपाईंले जोसुकैलाई यसमा जोड्न सक्नु हुन्छ, चाहे चीन होस् चाहे रुस । यसमा सबै आउने छन्, जो खेल खेल्न चाहन्छन्, सम्झौतालाई पालना गर्दैनन् ।’

रुसले १९८७ मा भएको मध्यम दुरीको मिसाइलमा प्रतिवन्ध लगाउने सन्धिको उल्लंघन गरेको ट्रम्पले दोहोर्‍याए । यद्यपि, रुसले त्यसको खण्डन गर्दै आएको छ ।

शीतयुद्धको बेला भएको यो सन्धिले यूरोपिय देशमा तत्कालीन सोभियत संघ (हालको रुस)मा खतरा कम गर्नका लागि लागू गरिएको थियो ।

अमेरिकाले हतियार बनाएमा आफूले पनि बनाउने चेतावनी रुसले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment