Comments Add Comment

यस्ता पुरुषको बच्चामा हुनसक्छ मानसिक समस्या , कारण के होला ?

सामान्यतया गर्भावस्थाको क्रममा महिलाहरुलाई लामो समयदेखि धुमपानको खतराको चेतावनी दिइन्छ । उनीहरुलाई धुमपान गरेमा पेटमा रहेको बच्चालाई असर गर्छ भनेर धुमपान नगर्न सल्लाह दिइन्छ ।

तर, यस्तो सल्लाह पुरुषहरुलाई भने दिइँदैन । बच्चाको पिताले धुपमान गरेपनि कुनै समस्या नहुने आम धारणा छ ।

तर हालै गरिएको एक अध्ययन अनुसार बच्चाको पुरुषहरु पनि लामो समयसम्म निकोटिनको सम्पर्कमा आउनाले उनीहरुको बच्चा र नातिनातिनीहरुमा वंशाणुगत गडबडी हुन सक्छ । मुसामा गरिएको एक अध्ययनबाट वैज्ञानिकहरुले यो निश्कर्ष निकालेका हुन् ।

उक्त अध्ययनमा यो तथ्य पनि पत्ता लाग्यो कि निकोटिन लिनाले पुरुषको व्यवहार सामान्य नै हुन्छ तर, उसको छोराछोरी वा नातिनातिनीमा त्यसको कारण हाइपरएक्टिभिटी, एटेन्सन् डेफिसिटी र कग्निटिभ इनफ्लेस्किभिटी जस्ता वंशाणुगत गडबडी हुन सक्छ ।

अध्ययनमा संलग्न अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीका प्राध्यापक प्रदिप भिडेका अनुसार डाक्टरले पुरुषलाई उनीहरुको धुमपान गर्ने बानीको कारण पछि जन्मने बच्चाहरुमा नोक्सान हुन्छ भनेर चेतावनी दिँदैनन् ।

‘यो नोक्सान त्यतिखेर पनि हुन्छ जब बच्चाको आमाले धुमपान गर्दैनन् । हाम्रो अध्ययनले यसलाई अगाडि ल्याएको छ’, भिडे भन्छन्, ‘हाम्रो तथ्याङ्कबाट थाहा हुन्छ अहिलेको पुस्ताको बच्चा र वयष्कमा यस्तो वंशाणुगत समस्या देखिनुको कारण एक दुई पिँढी पहिलेका पुरुषहरुले धेरै निकोटिन लिनाले हुन सक्छ ।’

के हो एटेन्सन डिफिसिट ?

एटेन्सन् डिफिसिट जसलाई एडीएचडी पनि भनिन्छ यो मस्तिस्क सम्बन्धी समस्या हो जुन बच्चा र वयस्क दुवैलाई हुन सक्छ । एक शोधको अनुसार २० मा १ व्यक्ति यो समस्याको शिकार भएका छन् ।

विशेषगरि बच्चामा यो रोग हुने सम्भावना अत्याधिक धेरै हुन्छ । यो समस्या भएको व्यक्तिको व्यवहारमा केही अनौठो परिवर्तन आउँछ र स्मरणशक्ति पनि कमजोर हुन्छ ।

यदि अर्को शब्दमा भन्ने हो भने एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर भन्नाले कुनै चीजमा ध्यान केन्दि्रत गर्ने क्षमतालाई ठिक ढंगलेे प्रयोग गर्न नपाउनु हो । वास्तवमा यो समस्या केही रसायनको प्रयोगले दिमागको कमजोरीको कारण पैदा हुन्छ ।

एटेन्सन डिफिसिटको कारण के हो ?

एडीएचडीको निश्चित कारणहरुको बारेमा अहिलेसम्म सटीक जानकारी मिल्न सकेको छैन तर, त्यसको कैयौं कारणहरुको अनुमान लगाउन सकिन्छ । जस्तैः अनुवांशिक कारण, शरीरमा हार्मोनल असन्तुलनको कारण, चिनी र प्रशोधित खानेकुराको धेरै सेवन, समयभन्दा पहिले जन्म हुने र टाउकोमा गम्भिर चोट आदी रहेका छन् ।

एटेन्सन डिफिसिटको उपचार के हो ?

यदि शिक्षकले तपाईंको बच्चालाई पढ्न असजिलो हुन्छ, उसको व्यवहार अन्य बच्चा भन्दा फरक छ र ध्यान दिनमा उसलाई गाह्रो छ भने विशेषज्ञसँग सम्पर्क गर्नुहोस् ।

बच्चामा एडिएचडीको समस्या देखिनु सामान्य कुरा होइन त्यसैले एडिएचडीको लक्षण देखिएमा आमाबुबाले तुरुन्त मनोचिकित्सकको सल्लाह लिनुपर्छ ।

बच्चामा यो समस्या टाढा गर्नको लागि मेडिसिनल टि्रटमेन्ट दिन सकिन्छ यसलाई ठिक गर्नको लागि कैयौं खालको थेरापीको प्रयोग गरिन्छ । जस्तैः साइकोथेरापी, बिहेवियरल थेरापी, डान्स थेरापी र प्ले थेरापी आदी ।

यस्तै वयस्क मानिसमा एडिएचडीको लक्षण देखिएमा मनोचिकित्सक सँग सम्पर्क गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment