Comments Add Comment

रियल मड्रिड जित्यो तर….

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले भिक्टोरिया प्लेजानलाई हराएको छ । तर, उसको प्रदर्शन अझै सन्तोषजनक देखिएको छैन ।

पछिल्ला पाँचमध्ये चार खेलमा हार व्यहोरेपछि प्रशिक्षक जुलेन लोपेटेगी निकै दबावमा छन् ।

मंगलबार राति रियलले च्याम्पियन्स लिगमा भिक्टोरिया प्लेजानलाई २–१ ले हराएको छ । घरेलु मैदानमा भएको खेलमा करिम बेञ्जिमाले ११ औं मिनेटमा अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५ औं मिनेटमा मार्सेलोले गोल गरे ।

भ्रमणकारी टोलीका लागि ७८ औं मिनेटमा रिसोभ्स्कीले गोल गरेपछि टोलीको हार टार्न सकेनन् ।

यो जितले प्रशिक्षक लोपेटेगीलाई केही राहत दिएको छ । तर, उनको पद अझै सुरक्षित देखिएको छैन । खेलवपछि पत्रकारहरुले उनलाई आइतबार इएल क्लासिको हुँदासम्म प्रशिक्षक रहिरहनुहुन्छ भन्ने प्रश्न सोधेका थिए ।

जवाफमा उनले भने, ‘यो मलाई सोध्ने प्रश्न होइन । हामी आइतबारको खेलको तयारीबारे सोचिरहेका छौं, जुन निकै महत्वपूर्ण छ र हामी महान लक्ष्यका साथ जाँदैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment