Comments Add Comment

दाम्पत्य सुख विथोल्ने यो तत्वः आज नत्यागे, भोलि समस्या

तपाईंको दाम्पत्य जीवन सुखमय छ । खुसीसाथ दुबैले दाम्पत्य जीवन भोग गरिरहनुभएको छ । एकआर्काको भावना बुझ्नुभएको छ । आपसी साथ र सहयोगबाट घर-व्यवहार चलाउनु भएको छ । सबै कुरा ठिकठाक छ ।

यस किसिमको सम्बन्ध कायम गर्न के कुरा चाहिएला ?

विश्वास, प्रेम, सद्भाव, सहयोग । हो, दाम्पत्य सुखका आधार हुन् यी । तर, यसमध्ये कुनै एक तत्वमा मात्र गडबडी भएमा तपाईंको दाम्पत्य उस्तै रहँदैन, जस्तो हिजोको दिनमा थियो । तपाईंको खुसी लुटिन्छ । तपाईको सुख हरण हुन्छ । तपाईंको सम्बन्ध दुई चिरा पर्छ । हिजोसम्म हाँसीखुसी बिताइरहेको दाम्पत्य जीवनमा आज अचानक कालो बादल मडारिन थाल्छ । किन यस्तो हुन्छ ? के घर-परिवारले गर्दा ? सत्रुले गर्दा ? छिमेकले गर्दा ?

होइन, तपाईं भित्रकै कुरुप तत्वले गर्दा । त्यो तत्व हो, अविश्वास ।

विश्वासको बन्धन

श्रीमान श्रीमतीबीचको सम्बन्ध विश्वासमा टिकेको हुन्छ ।  जबसम्म विश्वास हुन्छ, तबसम्म माया हुन्छ, एकअर्का बीच प्रेम हुन्छ, सहकार्य हुन्छ ।

जब विश्वास टुट्छ, माया, प्रेम, सहकार्य सबै टुट्छ । बाँकी रहन्छ त केवल शंका । र, शंकाले व्यक्तिलाई त जलाउँछ नै, सिङ्गो परिवारलाई समेत खरानी बनाउँछ  ।

किनभने जुनसुकै बैवाहिक सम्बन्ध पनि माया र विश्वासमा टिकेको हुन्छ । मायाले वैवाहिक जीवनलाई  स्थित बनाउनुका साथै भावनात्मक रुपमा सुरक्षित तुल्याँछ । त्यस्तै, विश्वासले जीवनलाई अर्थपूर्ण बनाउनुका साथै सुयोग्य बनाउँछ ।

त्यसैले त, माया र विश्वास वैवाहिक जीवनसित अन्तरनिहित हुन्छन् । र, यी दुईको अभावमा वैवाहिक जीवन रमाइलो पनि हुँदैन । त्यसैले पनि जीवन जीउन तथा वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन पनि प्रत्येक दम्पतीलाई माया र विश्वासको खाँचो पर्छ ।

यसका बाबबुद पनि श्रीमान वा श्रीमतीबीच विश्वास भएन भने ? एक अर्काप्रति शंका उत्पन्न भयो भने ?

के हुन्छ होला त्यसको असर वैवाहिक जीवनमा ?

विभिन्न अनुसन्धानहरुले जनाए अनुसार कसैमाथि शंका गर्नु खासै ठूलो समस्या हैन । तर कुनै भविष्यमा उत्पन्न हुनसक्ने समस्याको भने पहिलो खुड्किलो बन्न सक्छ ।

यस्ता शंकाको समयमै उपचार नगरेको खण्डमा यस प्रति मानिसको विश्वास बढ्न थाल्छ । जसले गर्दा आˆनै साथीप्रति अविश्वास पैदा हुनसक्छ ।

त्यसपछि त्यही अविश्वास तनाव तथा चिडचिडापनमा बदलिएर मनमा डर पैदा हुनसक्छ । कहिलेकाही यस किसिमको तनाव शारीरीक रुपमा पनि देखिने गर्छ । यसले एकातिर मानसिक समस्या पैदा गर्नुका साथै अर्कोतिर सम्बन्धमा समेत असर पार्छ ।

र शंका जोसुकैको मनमा पैदा हुनसक्छ । यसले लिङ्गभेद गर्दैन । जबकी हाम्रो समाजमा महिलाहरुलाई मात्र शकांलु नजरले हेरिने गर्छ । जबकी यर्थाथ यही हो कि पुरुषहरु पनि शंकालु हुुन्छन् । फरक यति हो कि महिलाहरुले शंका गरेको त देखिन्छ तर पुरुषहरुको देखिदैन । आखिर किन ? किन महिला तथा पुरुषहरुले एक अर्कालाई शंका गर्छन्  ?

यस्ता छन् कारण

नौलो परिवेशका कारण

जब हामी नयाँ सम्बन्धमा प्रवेश गछौ, तब मनमा आशा, आकांक्षाका साथै केही कुरालाई लिएर आशंका पनि पैदा हुन्छ । उक्त आशंकालाई समयमै शान्त नपारेको खण्डमा त्यसले कुनै पनि शंकाको रुप लिन सक्छ ।

डर लुकाउन

सम्बन्ध कायम गर्ने क्रममा मनमा कुनै डर बसेमा त्यसले पनि  शंका जन्माउन सक्छ ।

आफैमा हिनताबोध भएमा

आफूमा हिनताबोध भएमा पनि त्यसले जीवनमा विभिन्न समस्या निम्त्याउन सक्छ । र हनिताबोध हुनका लागि आफूमा कुनै कमी कमजोरी भएकै हुनुपर्छ । जब मानिसमा कुनै कमी कमजोरी हुन्छ, तब ऊ आफूलाई लिएर हिनताबोध गर्न थाल्छ, रआफ्नो साथीमाथि शंकाको दृष्टिले हेर्न थाल्छ । अन्तत त्यही शंकाका उसले आˆनो जीवनलाई त तहसनहस गर्छ नै, आफ्नो सम्बन्ध समेत विर्गाछ ।

धोका खाएमा

भनिन्छ, एक पटक विजुलीले लागेको कुकुर अगुल्टा देखि पनि डराउँछ । मानव जीवनमा पनि यो कुरा निकै हदसम्म लागू हुन्छ । विशेषगरी एक पटक धोका खाएको मान्छेलाई सजिलै अरु माथि विश्वास गर्न निकै क ठिन हुन्छ । जसले गर्दा उसको मनमा शंका उपशंकाले जन्म लिएर जिवन नै वर्वाद पार्न सक्छ ।

के हुन्छ त शंका गरेमा ?

भनिन्छ , शंकाले नै  लंका जलाउँछ । शंकालाई समयमै रोकथाम नगरेको खण्डमा यसले श्रीमान श्रीमतीबीचको सम्बन्धलाई नै तहसनहस पार्न सक्छ । घरपरिवार विर्गान सक्छ ।

किनकी हरेक पटक शंका गर्ने मानिस जीवनमा कुनै पनि सम्बन्धबाट सन्तुष्ट रहन सक्दैन । त्यसैले, शंकालाई एउटा निश्चित दायरा भित्र राख्न जरुरी छ ।

 तर कसरी ?

माया दर्शाउने

श्रीमान श्रीमतिबीच सुमधुर सम्बन्ध कायम गर्न पनि कहिलेकाँही एक अर्काबीच माया दर्शाउन जरुरी छ । किनकी श्रीमान श्रीमतिबीचको सम्बन्ध भनेकै मायामा टिकेको हुन्छ । जब श्रीमान श्रीमतीबीच माया नै छैन भने उनीहरुबीच विश्वास हुने कुरै हुँदैन । त्यसैले एक अर्का बीच विश्वास कायम गर्न  पनि माया दर्शाउन जरुरी छ ।

प्रश्नको बोझ

केही प्रश्नको बोझबाट आफू तथा आˆनो साथीलाई पनि टाढा राख्ने प्रयास गरौ ।  विशेषगरी तिमी अहिले कहाँ छौ, कोसित छौ, तिमी मलाई माया त गर्छौ , तिमी मसित केही कुरा लुकाईरहेको त छैनौ  ? जस्ता प्रश्नले पनि श्रीमान श्रीमतीबीचको सम्बन्धलाई कमजोर बनाउन सक्छ ।

स्वतन्त्रता पूर्वक बाच्न दिने

सम्बन्धमा एक अर्कालाई स्वतन्त्रत रुपमा छोड्न जरुरी छ । यसको लागि केही समय आफूलाई दिएर  साथीलाई पनि केही समयका लागि एक्लै छोड्न सकिन्छ । किनकी प्रत्येक मानिसका लागि स्वतन्त्रता जरुरी छ । र, जब सम्म सम्बन्धमा स्वतन्त्रता रहन्छ, विश्वास रहन्छ, तब सम्म उक्त सम्बन्धमा शंकाको लागि कुनै ठाउँ बाँकी रहदैन ।

एक अर्का प्रति विश्वासको वातावरण बनाउने

शंका गर्नु प्रत्येक मानिसको स्वभाव हो । तर जतिपटक शंका गरिन्छ,त्यति नै पटक आˆनो साथी प्रति विश्वास कायम राख्न जरुरी छ । किनकी विश्वास नै यस्तो जाडी हो जसले सम्बन्धलाई मजबुत बनाउनुका साथै सम्बन्धलाई सुमधुर बनाउँछ । र, एक अर्का बस्च विश्वास जताउन क्वालिटी टाइम व्यतित गर्न जरुरी छ ।

व्यविचार गर्नबाट बच्ने      

कतिपय मानिस यस्ता हुन्छ, जो सानो कुरालाई लिएर पनि तर्कबितर्क गर्नतिर लाग्छ । तिललाई पहाड बनाउँछन् । यस्ता कुर्तकले आफूलाई हानीबाहेक केही गर्दैन । त्यसैले यस्ता अनावश्यक विचार गर्नबाट बच्नु पर्छ ।

खाली दिमाग नबस्ने

भनिन्छ, खाली दिमाग शैतानका घर । दिमाग जति खाली भयो, नराम्रा विचारहरुले त्यति नै दिमागमा घर बनाउँछन् । त्यसैले आफूसित भएको उर्जालाई कुनै सकारात्मक कार्यमा प्रयोग गरौ । दिमागलाई सकारात्मक काममा लगाउने प्रयास गरौ ।

अन्यथा दिमागका कारण मनमा विभिन्न शंका उपशंका जन्मिन सक्छ । जसले गर्दा श्रीमान श्रीमतीबीचको सम्बन्धमा खलल पर्न सक्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि विशेषज्ञहरुको सल्लाह आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment