+
+
Shares

एनआईसी एशिया बैंकको शाखा संखुवासभाको मानेञ्ज्याङ्गमा पनि

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते २०:११

८ कात्तिक, काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय खाँदबारी नगरपालिका वडा नं. ३ स्थित मानेञ्ज्याङ्गमा खुलेको छ । नयाँ शाखाको  राष्ट्रबैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले उद्घाटन गरे ।

कार्यकारी निर्देशक निरौलाले  सम्पूर्ण स्थानीय निकायमा वाणिज्य बैंकको  शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सहभागी भएको भन्दै नयाँ शाखा थप गर्दै गएकोमा बैंकको प्रशंसा गरे ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले  बैंकले निजी क्षेत्रको सबैभन्दा ठूलो शाखा संजाल बन्न सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?