Comments Add Comment

ट्रम्पले ‘ओके’ भनेपछि जहाजभित्रै महिलाको छातीमा हात !

नेताहरुमाथि आरोप पनि अनेक लाग्ने क्या । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महिलाको छाति समाउन उक्साएको आरोप लागेको छ ।

अमेरिकामा हालै जहाजभित्र एकजना पुरुष यात्रुले महिला यात्रुको वक्षस्थल समाएको घटना सार्वजनिक भयो । घटना तब झनै चर्चामा आयो जब पक्राउ परेका ती पुरुषले अनौठो बयान दिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलाका गोप्य अंग छुनु कुनै नराम्रो काम नभएको भनेका कारण आफूले त्यस्तो काम गरेको उनले दाबी गरे ।

आफू चर्चित मानिस भएको कारण कुनै पनि महिलाको गुप्तांगमा समाउन सक्ने र महिलाहरुले चर्चित पुरुषलाई जे पनि गर्न दिने भनेर ट्रम्पले बोलेको अडियो अमेरिकी राष्ट्रपति चुनाव अघि निकै चर्चित बनेको थियो ।

गत आइतबार हट्सनबाट आल्बुक्वेर्कका लागि उडेको जहाजभित्र एक पुरुषले महिलाको छाति समाएको भन्दै एकजना महिलाले न्यू मेक्सिकोको अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

पहिलोपटक त उनले झुक्किएर पुरुषले त्यसो गरेको होला भनेर सोँचिन् तर दोश्रोपटक पनि त्यो पुरुषले आफ्नो वक्षस्थल समाएपछि उनी प्रतिकारमा उत्रिइन् । त्यसपछि उनी जहाजको सबैभन्दा पछिल्लो सिटमा गएर बसिन् ।

ट्रम्पबाट प्रभावित भएर जहाजभित्रै महिलाको छाति समाउने ती पुरुषको नाम ब्रुस एलेक्जेन्डर हो । जहाज अवतरण गर्ने बित्तिकै उनलाई पक्राउ गरिएको थियो ।

पुलिसले हतकडी लगाएर लगेपछि उनले पुलिसमा दिएको बयानमा राष्ट्रपति ट्रम्पले महिलाको गोप्य अंगमा समाउनु ‘ओके’ भएको बताएका कारण आफुले त्यस्तो गरेको बताए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment