+
+
Shares

श्रीलंकामा राजनीतिक संकटः राष्ट्रपतिले किन गरे संसद् निलम्बन ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते ७:४५

११ कात्तिक, काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् निलम्बन गरेका छन् ।

प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रीपरिषद् विघटन भोलिपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गरेका हुन् ।

संसद्का उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद् निलम्बन गरेको पुष्टि गरेका छन् ।

शुक्रबार बेलुका अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिंघेले संसद्को आपतकालीन बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपतिले संसस् नै निलम्बन गरिदिएका हुन् ।

विक्रमासिङघेले संसदमा आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै बहुमत पुष्टि गरेर देखाउने बताइरहेका थिए । उनले संसद्मा आफ्नो पक्षमा बहुमत भएकाले राष्ट्रपतिले आफूलाई हटाउन नमिल्ने दावी पनि गरेका छन् ।

संसदमा आगामी आर्थिक वर्षका लागि आउँदो नोभेम्बर ५ तारिखका दिन वार्षिक बजेट पेश गर्ने कार्यक्रम रहेको थियो । बजेट पेश गर्न पनि नमिल्नेगरी संसद निलम्बन भएकाले श्रीलंकामा अब आर्थिक संकटसमेत आउन देखिएको छ ।

राष्ट्रपति सिरीसेनाको सत्तारुढ दलले नै मौजुदा गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि उनले प्रधानमन्त्री परिवर्तन गरेका हुन् । सिरीसेनाको पार्टी र निवर्तमान प्रधानमन्त्री रानिल विक्रमासिंघको पार्टीले सत्ता गठबन्धन गरेका थिए ।

आफ्नै पार्टीले सरकार छाड्ने निर्णय गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नै प्रतिस्पर्धी महेन्द्रा राजापाक्षेलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथसमेत खुवाएका छन् ।

गएको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति सिरीसेनासँग राजापाक्षेले प्रतिस्पर्धा गरेका थिए । आफ्ना विरोधी र प्रतिष्पर्धीलाई नै आफ्नै सरकारको प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरीसेनाले चकित बनाएका छन् ।

आर्थिक नीति र दैनिक प्रशासनको विषयलाई लिएर राष्ट्रपति सिरीसेना र प्रधानमन्त्री विक्रमासिंघेबीच लामो समयदेखि विवाद हुँदै आएकोमा राष्ट्रपतिले प्रधानमन्त्री परिवर्तन गरेका हुन् ।

विक्रमासिंघेको यूनाइटेड नेशनल पार्टी २०१५ देखि गठबन्धन सरकारको नेतृत्वमा थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?